logo
  • ७ जेष्ठ २०८३, बिहीबार | Thu, 21 May 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्रीलाई संसद्काे अवरोधबारे जानकारी गराएर फर्किए सभामुख

    प्रधानमन्त्रीलाई संसद्काे अवरोधबारे जानकारी गराएर फर्किए सभामुख

    सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रतिनिधि सभामा भएको अवरोधबारे जानकारी गराएका छन्।

    सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेटेर संसद् भवनमा फर्किसकेको जानकारी दिइन् । ‘सभामुखज्यू प्रधानमन्त्रीज्यूलाई भेटेर संसद् भवनमा फर्किसक्नुभयो,’ कुँवरले भनिन्, ‘हामी अहिले संसद् भवनमा छौँ ।’

    भेटको विषय के हो भन्ने प्रश्नमा कुँवरले सदनको अवरोधबारे जानकारी भएको बताइन् । विपक्षी दलहरूले बिहीबारको सदन प्रधानमन्त्री शाह सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुनुपर्ने माग गर्दै अवरुद्ध पारेका थिए ।

    सबै विपक्षी दलहरूले प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्रीको प्रश्नोत्तर हुनुपर्ने माग राखेर उठेपछि सभामुख अर्यालले प्रतिनिधि सभा १५ मिनेट स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुगेका हुन् । उनीहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो।

    प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् । आज सदन नै अवरुद्ध भएपछि सभामुख बैठक स्थगित गरेर प्रधानमन्त्री भेट्न पुगेका हुन्।



    sancharchautari sancharchautari    
  • ७ जेष्ठ २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP