logo
  • ८ फाल्गुन २०८२, शुक्रबार | Fri, 20 Feb 2026
  • Dark Mode

          Subscribe

    ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

    ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

    काठमाडौँ, २१ मङ्सिरः काठमाडौँको ठमेलस्थित एक निर्माणाधीन रेष्टुरेन्टमा आगलागी भएको छ ।
    काठमाडौँ महानगरपालिका–२६ ठमेल बुधबारे गल्लीस्थित निर्माणाधीन ‘वर्क इट पप’ रेष्टुरेन्टमा आज बिहान १०ः३० बजे आगलागी भएको प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले राससलाई जानकारी दिनुभयो ।
    उहाँका अनुसार विद्युत् सर्ट भएर लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । उक्त आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको उहाँले जानकारी दिनुभयो ।
    अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको वृत्त प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट केकति क्षति भयो भन्नेबारेमा प्रहरीले विवरण सङ्कलन गरिरहेको छ ।



    sancharchautari sancharchautari    
  • २१ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP