logo
  • १६ माघ २०८२, शुक्रबार | Fri, 30 Jan 2026
  • Dark Mode

          Subscribe

    काभ्रेमा पैदल हिँडिरहेका वृद्धलाई बसले ठक्कर दिँदा मृत्यु, ‍स्थानीयले बन्द गरे राजमार्ग

    काभ्रेमा पैदल हिँडिरहेका वृद्धलाई बसले ठक्कर दिँदा मृत्यु, ‍स्थानीयले बन्द गरे राजमार्ग

    काठमाडौँ, २८ मङ्सिरः काभ्रेमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

    काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको अरनिको सुपर एक्सप्रेस बसले ठक्कर दिँदा ६८ वर्षीय वृद्धको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ पातलेगाँउमा बिहान साढे नौ बजेतिर बसले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको मृत्यु भएको हो।

    घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। स्थानीयको बिरोधपछि अहिले बीपी राजमार्गको काभ्रेभञ्ज्याङ(भकुण्डेबेसी खण्डमा गाडी चलेका छैनन्।

    डाइभर्सन गरेर गाडी सञ्चालनको तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि उक्त सडक भएर पूर्वतर्फ जाने सवारीसाधन अहिले धुलिखेलमै रोकिएका छन्।

     



    sancharchautari sancharchautari    
  • २८ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP