logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    तीनवटा संसदीय समितिको बैठक बस्दै

    तीनवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं ।

    संघीय संसदअन्तर्गत शुक्रबार तीनवटा समितिको बैठक बस्दै छ ।

    संघीय संसद् सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

    बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा छलफल हुनेछ ।

    त्यस्तै, बिहान साढे ११ बजे बस्ने गरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बोलाइएको छ । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिनेछ । त्यस्तै समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषय र विविध विषयमा छलफल हुनेछ ।

    विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ माथि दफावार र विविध विषयमा छलफल हुनेछ ।



    sancharchautari sancharchautari    
  • २८ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP