logo
  • १७ माघ २०८२, शनिबार | Sat, 31 Jan 2026
  • Dark Mode

          Subscribe

    गाजामा हमासका हतियार प्रमुखलाई मारेको इजरायलको दाबी

    गाजामा हमासका हतियार प्रमुखलाई मारेको इजरायलको दाबी

    काठमाडौँ, २८ मङ्सिरः इजरायलले गाजा पट्टीमा शनिबार भएको आक्रमणमा हमासको सैन्य शाखाको हतियार उत्पादन प्रमुखको हत्या गरेको बताएको छ।

    गाजा शहरको दक्षिणपश्चिममा रहेको तेल अल–हवा जिल्लामा इजरायलले गरेको आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु भएको नागरिक सुरक्षा निकाय र प्यालेस्टिनी क्षेत्रका स्वास्थ्य स्रोतले एएफपीलाई जानकारी दिएका छन् ।

    सेनाले उक्त क्षेत्रमा एउटा मात्र आक्रमण भएको र त्यसमा हमासका उच्च नेता राद साद मारिएको जनाएको एएफपीसँग बताएको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायली काट्जले एक संयुक्त वक्तव्यमा भनेका छन्, “गाजा पट्टीको ‘एलो जोन’मा हमासले विस्फोटक पदार्थ विस्फोट गरी आक्रमण गर्दा इजरायली भएको छ । आक्रमणपछिको प्रतिकारमा ‘आतङ्कवादी समूह’ हमासका नेता राद सादको मृत्यु भएको छ।”

    गाजामा इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको युद्धविराम अन्तर्गत इजरायली सेना तथाकथित ‘एलो लाइन’ पछाडिको स्थानमा फर्किएको छ, यद्यपि उनीहरूले अझै पनि आधाभन्दा बढी भूभाग नियन्त्रणमा राखेका छन् ।

    नेतन्याहू र काट्जले सादलाई सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणको ‘योजनाकाहरू मध्ये एक’ को रूपमा वर्णन गरेको छ ।

    इजरायली सेनाका अनुसार साद हमासको सैन्य शाखाको हतियार उत्पादन मुख्यालयका प्रमुख थिए जसले समूहको ‘सैन्य बल निर्माण’ को नेतृत्व गरेका थिए।

    पारिवारिक स्रोतले उनको निधनको पुष्टि गर्दै आइतबार अन्त्येष्टि गरिने जनाएको छ ।



    sancharchautari sancharchautari    
  • २८ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP