logo
  • २४ चैत्र २०८२, मंगलवार | Tue, 07 Apr 2026
  • Dark Mode

          Subscribe

    कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्

    कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्

    काठमाडौँ ११ चैतः चितवन जिल्लामा कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैननन् । कोभिडका कारण बन्द भएका उद्योगमध्ये दुई मात्र सञ्चालनमा आएका छन् ।

    चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार कोभिडपछि बन्द भएका दुई उद्योग मात्र पुनः सञ्चालनमा आएका हुन् । रत्ननगरको पिठूवास्थित नवदुर्गा इँटा उद्योग र राप्तीको चैनपुरस्थित अनमोल इँटा उद्योग पुनः सञ्चालनमा आएका हुन । विसं २०४० तिरबाट जिल्लामा व्यावसायिक इँटा उत्पादन थालिएको जनाइएको छ । उहाँले भन्नुभयो, “कुनै बेला जिल्लामा ४० वटासम्म इँटा उद्योग थिए ।” कोभिडपछि बन्द भएका उद्योगमध्ये गत वर्ष नवदुर्गा र यस वर्ष अनमोल पुनः सञ्चालनमा आएको हो ।

    अध्यक्ष सापकोटाका अनुसार पूर्वबाट यहाँ आउने इँटाको अस्वस्थ प्रतिस्पर्धा, माटो, कोइला र जनशक्तिको अभावलगायतका कारण उद्योग बन्द भएका हुन् । उहाँले भन्नुभयो, “बाँकी उद्योग कतिपयले भाडाको जग्गा सम्याएर छाडेका छन् । कतिपयले जग्गा बिक्री गरेर ऋण तिरे । अब उद्योग खुल्दैन ।” अहिले पूर्वबाट आउने इँटाको भरमा यहाँ भौतिक पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् ।



    sancharchautari sancharchautari    
  • ११ चैत्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP