logo
  • २ फाल्गुन २०८२, शनिबार | Sat, 14 Feb 2026
  • Dark Mode

          Subscribe

    घरदैलो कार्यक्रममा सहकारी पीडितको साथ कुशलभ केसीलाई, प्रेसर कुकरमा मत हाल्ने प्रतिबद्धता

    घरदैलो कार्यक्रममा सहकारी पीडितको साथ कुशलभ केसीलाई, प्रेसर कुकरमा मत हाल्ने प्रतिबद्धता

    काठमाडौं । काठमाडौं क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका कुशलभ केसी को घरदैलो अभियानमा जनसमर्थन थप बलियो बन्दै गएको छ।

    घरदैलो कार्यक्रमका क्रममा भेटिएका सहकारी पीडितहरूले कुशलभ केसीलाई आगामी निर्वाचनको चुनाव चिन्ह प्रेसर कुकर मा मत दिने प्रतिबद्धता व्यक्त गर्दै सहयोग स्वरूप नगद रकमसमेत प्रदान गरेका छन्।

    सहकारी पीडितहरूले विगतमा कुशलभ केसीले आफ्नो पीडाका विषयमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै, यसपटक परिवर्तनका लागि प्रेसर कुकरमा मत हालेर जिताउने बताएका छन्। उनीहरूले निस्वार्थ सेवा र जनताको दुःख–सुखमा साथ दिने उम्मेदवारलाई जिताउन सबै मिलेर लाग्ने प्रतिबद्धता जनाए।

    यसैगरी, घरदैलो अभियानकै क्रममा भेटिएका वृद्ध–वृद्धा, आमाबुबाहरूले पनि कुशलभ केसीलाई आशिर्वाद दिँदै निर्वाचनमा विजय हासिल गर्ने शुभकामना दिएका छन्। “सेवाभाव र इमान्दारिताको राजनीति जित्नुपर्छ,” भन्दै उनीहरूले प्रेसर कुकरमा मत हाल्न आग्रहसमेत गरेका छन्।

    समर्थन र आशिर्वादप्रति आभार व्यक्त गर्दै कुशलभ केसीले भने, “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। म सधैं पीडित र आमनागरिकको पक्षमा उभिरहनेछु।”

    घरदैलो अभियानसँगै काठमाडौं क्षेत्र नं. १ मा कुशलभ केसीप्रतिको समर्थन बढ्दै गएको देखिएको छ।

     भिडियो सामग्री यस लिंकमा हेर्न सक्नुहुन्छ:
    👉 https://www.youtube.com/watch?v=kaQXb1JsDGA&t=2s



    sancharchautari sancharchautari    
  • २ फाल्गुन २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP