२०८१ बैशाख ८
April 20, 2024, Saturday

जनगणनाका गणक र सुपरीवेक्षक घरदैलोमा

जनगणनाका गणक र सुपरीवेक्षक घरदैलोमा

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ का लागि आजदेखि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको सरकारी आवासबाट आज जगणनाको शुभारम्भ गरिएपछि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका हुन् ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख एवं जिल्ला जनगणना समन्वय समिति झापाका संयोजक श्रवणकुमार तिम्सिनाले यथार्थ विवरण सङ्कलनमा सबै पक्षले सहयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गणक र सुपरीवेक्षक परिचालन भएपछि अनुगमन पनि हुन्छ, यस पटकको जनगणना पृथक भएकाले त्यसबारे सबैले बुझ्नु र सहयोग गर्न आवश्यक छ ।”

जिल्लामा जनगणनाका लागि एक हजार ४५२ गणक र सुपरिवेक्षण परिचालन गरिएको छ । जनगणनाका लागि झापामा दुई कार्यालय ९बिरीङ नदी पश्चिम दमक र बिरीङ नदी पूर्व भद्रपुर० स्थापना गरिएको छ । जनगणना कार्यालय भद्रपुरका प्रमुख चुणामणि लुइँटेलले दमक कार्यालय अन्तर्गत ११४ सुपरीवेक्षक र ५०५ गणक गरी ६१९ जना परिचालन गरिएको जानकारी दिनुभयो । त्यस्तै, भद्रपुर कार्यालय अन्तर्गत १५१ सुपरीवेक्षक र ६८२ जना गणक परिचालित भएका छन् ।

अक्सर बसोबासको आधारमा जनणगना गरिने भएकाले केही समस्या आउन सक्ने बताउँदै उहाँले भन्नुभयो, “घर भाडामा बस्नेको संख्या छुट्ने चिन्ता छ ।” तर, गणकलाई राम्ररी तालीम दिएकाले त्यस्तो समस्या नहुने विश्वास लिइएको उहाँको भनाइ छ ।

यस वर्षको जनगणनामा मातृ मृत्यु अध्ययनसमेत गर्न लागिएको उहाँले बताउनुभयो । “परिवारमा १५ देखि ५९ वर्ष उमेर समूहका महिलाको मृत्यु भएको तथ्याङ्क लिइनेछ”, उहाँले भन्नुभयो, “परिवारको सहमतिमा मृत्युको कारण के हो रु भन्नेबारेमा स्वास्थ्यकर्मीसहितको टोलीले जानकारी लिनेछ ।”यस पटकको जनगणनामा ५५ वटा प्रश्न रहेको जनगणना कार्यालय दमकका प्रमुख प्रेमकुमार घिमिरेले बताउनुभयो ।

“व्यक्तिगत, पारिवारिक र समुदायिक प्रश्नावली रहेका छन्”, उहाँले भन्नुभयो, “तथ्याङ्क सङ्कलनमा यसले ठूलो क्षेत्र समेटेको छ ।”जनगणना सफल बनाउन झापामा प्रजिअदेखि वडाध्यक्षसम्मको सहभागिता हुनेगरी चारवटा समिति गठन गरिएको छ । यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार ५०० परिवार र करिब १० लाख जनसङ्ख्या रहेको तथ्याङ्क छ ।रासस

Related News

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
  • २०७८ कार्तिक २५, बिहीबार १३:५७ गते

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७८ कार्तिक २५, बिहीबार १३:५७ गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७८ कार्तिक २५, बिहीबार १३:५७ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

TOP