२०८१ बैशाख २९
May 11, 2024, Saturday

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्वारी घोषणा

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्वारी घोषणा

काठमाडौं ।  नेपाली कांग्रेस नेत्री एवं पूर्वराज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

उहाँले आदिवासी÷जनजाति क्लष्टरतर्फको सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । उहाँ हाल कांग्रेसको केन्द्रीय आदिवासी जनजाति विभागको प्रमुखसमेत हुनुहुन्छ । कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरसहितका आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

पार्टीको पदाधिकारीमा महिलाको सङ्ख्या बढ्नुपर्ने बताउँदै उहाँले आफूले लामो समयदेखि पार्टीमा काम गर्दै आएको भूमिकाका आधारमा उम्मेद्वारी घोषणा गरेको बताउनुभयो । तेह्रथुमको आठराईमा जन्मिनुभएकी नेत्री गुरुङसँग नेविसङ्घको जिल्ला तहको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उहाँले नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव भएर काम गर्नुभएको थियो ।

पार्टीको १२औँ र १३आँै महाधिवेशन पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित उहाँ २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्वार हुनुहुन्थ्यो । दुवै संविधानसभामा सदस्य रहेकी नेत्री गुरुङ २०७४ सालको नेका नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुनुभएको थियो ।

Related News

कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
  • २०७८ मंसिर २२, बुधबार १४:१० गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ ।बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक...

अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
  • २०७८ मंसिर २२, बुधबार १४:१० गते

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार सम्बन्धि तीन बुँदे माग राख्दै शुक्रबार पनि रिले अनशन जारी राखेका छन् ।...

भारतको सहयोगमा बैतडीको पाटनमा विद्यालय भवन शिलान्यास
भारतको सहयोगमा बैतडीको पाटनमा विद्यालय भवन शिलान्यास
  • २०७८ मंसिर २२, बुधबार १४:१० गते

काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरिएको छ...

TOP