२०८१ बैशाख २९
May 11, 2024, Saturday

सोमालियाली सेनाको कारबाही २१ अल–शबाब लडाकू मारिए

सोमालियाली सेनाको कारबाही २१ अल–शबाब लडाकू मारिए

 काठमाडौं । सोमाली राष्ट्रिय सेना एसएनए र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ । सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन् ।

एसएनएकाअनुसार यस कारबाहीमा परी १३ औं बटालियनका कमाण्डरसहित चार सैनिक र २१ अल शबाब आतङ्ककारी मारिएका छन् । एसएनए र गाल्मुदुग क्षेत्रीय सेनाले वीरतापूर्वक आक्रमणलाई असफल गरेको र २१ आतंककारीहरु मारिएका सरकारी स्वामित्व रहेको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

मध्य र दक्षिणी क्षेत्रहरुमा अल–शबाब लडाकूहरुविरुद्ध सरकारी सेनाहरूद्वारा तीव्र कारबाहीहरु जारी रहेको छ । लडाकूहरूले अझै पनि ग्रामीण इलाकाहरू नियन्त्रण गर्ने र एम्बुसहरु थापेर विस्फोट गराउने कामहरु गर्दै आएका छन् ।

Related News

युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत
युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत
  • २०७८ पुष २६, सोमबार १४:२७ गते

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्र्न निर्देशन दिएका छन् । रुस–युक्रेन युद्ध सुरु भएको...

गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
  • २०७८ पुष २६, सोमबार १४:२७ गते

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त...

उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा
उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा
  • २०७८ पुष २६, सोमबार १४:२७ गते

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएपछि पार्टीको आगामी बाटोबारे नेताहरु छलफलमा जुटेका छन्...

TOP