२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

सरकारी विद्यालयको शान : भर्ना हुन नपाएर विद्यार्थी फिर्ता हुन्छन्

सरकारी विद्यालयको शान : भर्ना हुन नपाएर विद्यार्थी फिर्ता हुन्छन्

काठमाडौं । पढाइलाई प्रभावकारी बनाउने हो भने निजी भन्दा सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक विद्यालयले प्रस्तुत गरेको छ । सदरमुकाम दमौलीस्थित सत्यवती माध्यामिक विद्यालयमा निजी छाडेर भर्ना गर्ने विद्यार्थीको लर्को लाग्ने गर्दछ । विद्यालयमा अहिले दुई हजार सात सय विद्यार्थी अध्ययन गर्छन् । 

यो वर्ष विद्यालयले भर्ना नसकेर धेरै विद्यार्थीलाई फिर्ता पठाएको छ । उत्कृष्ट नतिजा ल्याउने गरेकाले विद्यालय अभिभावको रोजाइमा परेको हो । भौतिक पूर्वाधारको अभावले गर्दा एक हजार पाँच सय विद्यार्थी फिर्ता पठाउन बाध्यता भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिए । 

यो शैक्षिक सत्रमा तीन सय विद्यार्थीको थप भर्ना माग भएकोमा निजी विद्यालय छाडेर भर्ना गर्न आउनेको भीड बढेपछि विद्यार्थी फिर्ता पठाउनु परेको उनको भनाइ छ । 

विद्यालयसँगै रहेको कृषि विकास बैंकको नाममा रहेको जग्गा र घर भाडा लिएर अभिभावको चाहना अनुसार सबै विद्यार्थीलाई भर्ना गर्न चाहेको अध्यक्ष काफ्लेले बताए। उक्त जग्गा अहिले खाली छ। ‘हामीले भाडामा लिन बैंकसँग माग गरेका छौं । तर, बैंकले स्वीकृति नदिँदा समस्या परेको छ’, अध्यक्ष काफ्लेले भने । विद्यालयले अहिले १४ रोपनी भोगचलन गरेको काफ्लेको भनाइ छ । 

कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव हुँदा बन्द भएका छन्। सत्यवतीमा विद्यार्थी धेरै भएर सेक्सन थप गर्नु परेको छ । कक्षा ९ र १० मा सात सेक्सन, ८ मा छ सेक्सन, ७ मा चार सेक्सन र ६ मा तीन सेक्सन सञ्चालन गर्नु परेको प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिए । 

गुणस्तरीय शिक्षा प्रदान गर्न सकेकाले विद्यालयमा तनहुँको अतिरिक्त गोरखा, लमजुङ र कास्की लगायतका दमौलीमा डेरा गरेर अध्ययन गर्ने विद्यार्थीसमेत रहेका छन् । २०७० सालमा यो विद्यालय नेपाल प्रथम भएको थियो । एसएली परीक्षामा लगातार तीन वर्षसम्म ८० प्रतिशत भन्दा बढी विद्यार्थी उतिर्ण गराउनेको आधारमा प्रथम भएको विद्यालयका पूर्वप्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले जानकारी दिए । 

विद्यालयमा प्राविधिक शिक्षा पढ्न पाइने भएकाले पनि विद्यार्थीको सङ्ख्या धेरै भएको हो । २०६८ सालदेखि विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान समूहको कक्षा सञ्चालन भइरहेको छ । यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिकधारतर्फ कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन भइरहेको छ । उत्कृष्ट नतिजा ल्याएकोले नेपाल सरकारले नमूना विद्यालयको रुपमा छनोट गरेको छ । यो २०७४ साल असार २५ गते शिक्षा मन्त्रालयको निर्णय अनुसार नमूना विद्यालय विकास तथा सञ्चालनको लागि छनोट भएको विद्यालयले जनाएको छ । गोरखापत्रबाट  

Related News

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
  • २०७९ असार ५, आईतवार ०९:२२ गते

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २...

नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
  • २०७९ असार ५, आईतवार ०९:२२ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शान्ती स्थपना, लोकतन्त्र सुदृढिकरण र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण...

कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल
कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल
  • २०७९ असार ५, आईतवार ०९:२२ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।नेपाल बार एसोसियसनले...

TOP