२०८१ जेष्ठ ४
May 17, 2024, Friday

अनलाइनबाट किनिएको मूर्तिलाई जब सयौं वर्ष पुरानो भनेर भक्तजनलाई ठगियो…

अनलाइनबाट किनिएको मूर्तिलाई जब सयौं वर्ष पुरानो भनेर भक्तजनलाई ठगियो…

भारतको उत्तर प्रदेश राज्यस्थित उन्नावमा बुबा–छोराले देवी–देवताका मूर्ति अनलाइनमा किनेर सयौं वर्ष पुरानो भन्दै भक्तजनलाई ठगेको घटना सार्वजनिक भएको छ । उनीहरुले १६९ भारुमा किनेको मुर्तिको सेटलाई पहिले खेतमा गाडेको र गाउँलेलाई बोलाएर खेत खनेर निकालेको भन्दै सयौं वर्ष पुरानो मूर्ति भेटिएको भन्दै प्रचार गरिएको पाइएको छ ।

पाँच सय वर्ष पुरानो मूर्ति भेटिएको हल्ला छिट्टै वरिपरि फैलिन थालेपछि पूजा गर्नेहरुको भिड लाग्यो । दुई दिनमा भक्तजनले ती मूर्तिमा ३५ हजार भारुको भेटी चढाए । तर पछि मूर्ति डेलिभरी गर्ने व्यक्तिले पोल खोलिदिएपछि अहिले ती बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा अशोककुमार र उनका दुई छोराहरु रवि तथा विजय गौतम छन् । प्रहरीका अनुसार दुई दिनमा मूर्तिलाई फलफूलसहित करिब ३५ हजारको भेटी चढाइएको थियो । बाबु र दुवै छोराले पनि पैसाका लागि सबै प्रपन्च रहेको स्वीकारेका छन् ।

खेतबाट हिन्दू देवताका पहेँलो धातुका मूर्तिहरू बाहिर निस्केको खबर पाएपछि एसडीएम र स्टेशन इन्चार्ज पनि घटनास्थल पुगेका थिए । उनले पुरातत्व विभागका अधिकारीलाई खबर गरी अभियुक्त अशोकको घरमा राखिएका मूर्तिहरू ल्याएका थिए । १६९ भारुमा अनलाइन अनलाइन अर्डर गरिएको खुल्यो ।

पाँचसय वर्ष पुरानो मूर्ति खेतमा भेटिएको कुरा अनलाईनमा पनि चर्चा हुन थाल्यो । त्यससम्बन्धि तस्विर मीशोका डेलिभरी म्यान गोरेलनले पनि देखे । उनले लगतै तस्बिर चिनिहाले । त्यसपछि उनले उक्त क्षेत्रका प्रहरी इन्चार्जलाई सम्पर्क गरेर मूर्ति अनलाइन अर्डर गरेको बताए ।

गोरेलनले प्रहरी समक्ष भने– ‘मैले यी मूर्तिहरू अशोकको ठाउँमा ल्याएको थिएँ । उनका छोरा रवि गौतमले मेसु कम्पनीबाट १ सय ६९ भारुमा मूर्तिको सेट अनलाइन अर्डर गरेका थिए । मैले यो ती सेट अगस्ट २९ मा उनको घरमा पुर्याएको थिए ।’

डेलिभरी गर्ने व्यक्तिले थप प्रमाणका लागि ती मुर्तिको अनलाइन बुकिङको रसिदहरू पनि देखाएका थिए । प्रहरीले पछि शान्ति व्यवस्था भंग गरेको र जनताको विश्वासमा खेलाची गरेको आरोपमा बाबु छोरालाई पक्राउ गरेको सो क्षेत्रका प्रहरी चौकी इन्चार्ज अनुराग सिंहले बताए ।

Related News

डा. केसीले गरे अनशन स्थगित
डा. केसीले गरे अनशन स्थगित
  • २०७९ भाद्र १६, बिहीबार २१:३३ गते

काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गरी अनशन स्थगित भएको...

जुम्लामा मिनी ट्रक दुर्घटना, दुई जना घाइते
जुम्लामा मिनी ट्रक दुर्घटना, दुई जना घाइते
  • २०७९ भाद्र १६, बिहीबार २१:३३ गते

मुगु । जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था...

नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने
  • २०७९ भाद्र १६, बिहीबार २१:३३ गते

काठमाडौं । नेपाल बार एशोसिएसनले १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको...

TOP