२०८१ बैशाख २०
May 2, 2024, Thursday

नेपालमा पनि ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी भेटियो

नेपालमा पनि ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी भेटियो

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा साउन २१ देखि आश्विन १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिहरुमा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पहिचान भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारिले आइतबार विज्ञप्ति मार्फत जानकारी दिए ।

एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ । अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चाडवर्वको समयमा जमघट बढी हुने भएकाले कोभिड-१९ तिव्र गतिमा फैलिने संभावना उच्च रहेकाले संक्रमण रोक्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

Related News

पशुपतिको विद्युत शवदाह साउनदेखि निःशुल्क
पशुपतिको विद्युत शवदाह साउनदेखि निःशुल्क
  • २०७९ कार्तिक ७, सोमबार ०८:३१ गते

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य...

काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
  • २०७९ कार्तिक ७, सोमबार ०८:३१ गते

काठमाडौँ, वैशाख १८ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ।  मन्त्रालयले काठमाडौँको वायु विश्वकै...

मधेसमा शिक्षक दरबन्दीका लागि आजपाद्धारा आन्दोलनको घोषणा
मधेसमा शिक्षक दरबन्दीका लागि आजपाद्धारा आन्दोलनको घोषणा
  • २०७९ कार्तिक ७, सोमबार ०८:३१ गते

रौतहट । आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीले विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्ति गराउनका लागि आन्दोलनका...

TOP