२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

मतपेटिका पुर्‍याएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा बैतडीमा ४ प्रहरीको मृत्यु

मतपेटिका पुर्‍याएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा बैतडीमा ४ प्रहरीको मृत्यु

बैतडी, बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जीप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ ।

दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडीको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जीप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो ।

४ जनाको शव निकालिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनका अनुसार मृतकको संख्या बढ्ने सक्ने आश‌का छ ।

उनले भने, ‘जीप अपठ्यारो ठाउँमा खसेको हुनाले शवहरु निकाल्न गाह्रो भएछ ।पहिले घाइतेहरु निकालिरहेका छौं । घाइतेहरु प्रहरीबाहेक अरु पनि हुन सक्छ ।

उक्त जीपमा १४ जना सवार थिए । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाएको छ । उनीहरु मतपेटिका पुयाएर फकँदै थिए ।

रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ ।

Related News

मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर
मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर
  • २०७९ मंसिर ५, सोमबार ०८:१३ गते

मुगु । हिमाली जिल्ला मुगुमा व्यवसायीक रुपमा स्याउ खेती गर्दै आएका किसानले स्याउको विरुवा बेचेर १७ लाख रुपैयाँ बढी आम्दानी...

अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ।’
अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ।’
  • २०७९ मंसिर ५, सोमबार ०८:१३ गते

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् ।गाजाका लागि...

गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन
गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन
  • २०७९ मंसिर ५, सोमबार ०८:१३ गते

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन...

TOP