२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छा् । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह,डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास, अशोककुमार राई शिक्षा, शरदसिंह भण्डारी श्रम,डा. प्रकाशरण महत अर्थ, महेन्द्रराय यादव महिला बालबालिका, शक्तिबहादुर बस्नेत ऊर्जा तथा जलस्रोत, प्रकाश ज्वाला भौतिक पूर्वाधार, रञ्जिता श्रेष्ठ भूमि सुधार, रमेश रिजाल उद्योग, सीता गुरुङ सहरी विकास मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीलाई शपथ गराए । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख, वरिष्ठ सञ्चारकर्मीलगायतको सहभागिता थियो।

प्रधानमन्त्री दाहालले लामो समयपछि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

नेकपा ९माओवादी केन्द्र०बाट बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादीबाट यसअघि उपप्रधान तथा यातायात मन्त्री बनेका श्रेष्ठले भने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छ ।

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट कृषि तथा पशुपन्क्षी विकासमन्त्रीमा भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री जवालाले शथप लिए ।

जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा राईले पद तथा गोपनियताको शपथ लिए ।

लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बने ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिइ ।

यसैगरी, नेपाल समाजवादी पार्टीका यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा शपथ लिएका छ ।

Related News

एमाले संसदीय दलको बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
  • २०७९ चैत्र १७, शुक्रबार १७:४९ गते

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।बुधबार दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने...

कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?
कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?
  • २०७९ चैत्र १७, शुक्रबार १७:४९ गते

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला ? मोदी आफैँले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड...

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ
  • २०७९ चैत्र १७, शुक्रबार १७:४९ गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ । मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु...

TOP