२०८१ जेष्ठ ३
May 16, 2024, Thursday

शाहरूख माथी ‘जवान’ का धेरै दृश्य चाेरी र नक्कल गरेकाे आरोप

शाहरूख माथी ‘जवान’ का धेरै दृश्य चाेरी र नक्कल गरेकाे आरोप

 बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘जवान’ लाई लिएर निकै चर्चामा छन् । किंग खानका फ्यानहरु उनको बहुप्रतिक्षित फिल्मको प्रतिक्षामा छन् । जहाँ हिजाे अर्थात जुलाइ १० मा साे फिल्मको प्रिभ्यु ट्रेलर सार्वजनिक भएको थियाे । फिल्म निर्माता एटली कुमारले निर्देशन गरेको यस फिल्ममा शाहरुखका धेरै फरक र कूल लुक्स देखिएका छन्, जसलाई देखेपछि फ्यानहरू जवानको रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन् ।

यस फिल्मको रिलिज ट्रेलरको अन्तिम भागमा जब शाहरुखले आफ्नो टाउकोबाट ब्यान्डेज हटाउछन्, तब उनको टाउको नयाँ लुकमा देखिन्छ । सुपरस्टारकाे यस्तो रुप कसैले कल्पना समेत गरेको थिएन । तर सुपरस्टारलाई यस लुकमा देखेपछि फिल्मलाई लिएर सामाजिक सञ्जालमा हलचल मच्चिएको छ । प्रिभ्यु ट्रेलरमा एउटै अभिनेता फरक लुक्समा देखिएका छन् । तर के तपाईलाई थाहा छ कि किंग खान भन्दा अगाडि नै उक्त लुकमा धेरै स्टारले अभिनय देखाइसकेका छन् ।

रिलिज भएको यो प्रिभ्यु ट्रेलरमा शाहरुख आधा अनुहारमा मास्क लगाएको देखिएका छन्, जसलाई हेरेर फ्यानमा उनको क्रेज झनै बढेको छ । तर त्यसअघि पनि अभिनेता चियान विक्रमको फिल्म अपरिचितमा यो लुकमा देखिइसकेका छन् । उनले फिल्ममा गरेको अभिनयका लागि धेरै तारिफ पाएका थिए ।

यसपछि प्रिभ्यु भिडियोको एउटा दृश्यमा प्रभासको फिल्म बाहुबलीको स्टाइलमा एक बालकले हात उठाउँदै गरेको देखाइएको छ, जुन बाहुबलीबाट कपी पेस्ट भएको देखिन्छ । यस्तै यस्तै दृश्य द लायन किङमा पनि खिचिएको थियाे ।

‘जवान’ मा शाहरुखको अनुहारमा पट्टी लगाएको लुकले मानिसहरूलाई फिल्म ‘डार्क म्यान’को याद दिलाउँछ। यसैबीच, पट्टीमा बेरिएको किंग खानको कूल लुक हलिउड वेब सिरिज ‘मून लाइट’सँग धेरै हदसम्म मेल खाएकाे प्रतिक्रिया जनाइएकाे छ ।

र, किंग खानको बाल्ड लुकले साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘शिवाजी द बोस’ को सम्झना दिलाउँछ । सामाजिक सञ्जालमा नेटिजन्सले जवानमा उनको लुक रजनीकान्तको फिल्मबाट नक्कल गरिएको महसुस गरेका छन् ।

यसै क्रममा जवानको प्रिभ्यु ट्रेलरमा हाइवेमा छायांकन गरिएको बाइक चेसिङ सीन साउथ सुपरस्टार थला अजितको फिल्म ‘वालिमाई’ को कपी–पेस्ट जस्तो देखिन्छ ।

Related News

सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
  • २०८० असार २६, मंगलवार ११:५५ गते

काठमाडौं । फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा...

सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
  • २०८० असार २६, मंगलवार ११:५५ गते

काठमाडौं २८ बैशाख । सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी राम्रो लेखक र संगीतकार पनि हुन । दुई...

‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
  • २०८० असार २६, मंगलवार ११:५५ गते

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले अब सबै कलाकारहरु एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका...

TOP