२०८१ जेष्ठ ३
May 16, 2024, Thursday

नयाँ तीज गीत ‘यो तीजको लहर हो’ सार्वजनिक

नयाँ तीज गीत ‘यो तीजको लहर हो’ सार्वजनिक

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा ‘यो तीजको लहर हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

यस गीतमा दुई चर्चित गायिकाहरु मेलिना राई र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ ।  

डी.पी खनालको शब्द रहेको यस गीतमा तारा प्रकाश लिम्बूको सङ्गीत छ भने गीतलाई देवेश राईले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा स्मारिका ढकाल,  दीपा शाही, सुशीला थापा, आभा थापा र बिना राउतलगायत कलाकारको अभिनय छ । 

अर्जुन तिवारीको छायाङ्कन रहेको यस भिडियोमा राजीव समरको कोरियोग्राफी छ ।

सुप्रिम पराजुलीले सम्पादन गर्नुभएको यस भिडियोलाई शान थापाको निर्देशनमा तयार पारिएको हो । नोभिस आर्टसको निर्माण रहेको यस गीतको भिडियोलाई नोभिस आर्टसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  

Related News

सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
  • २०८० श्रावण २, मंगलवार १५:३० गते

काठमाडौं । फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा...

सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
  • २०८० श्रावण २, मंगलवार १५:३० गते

काठमाडौं २८ बैशाख । सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी राम्रो लेखक र संगीतकार पनि हुन । दुई...

‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
  • २०८० श्रावण २, मंगलवार १५:३० गते

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले अब सबै कलाकारहरु एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका...

TOP