२०८१ जेष्ठ ३
May 16, 2024, Thursday

युवा दिवसको अवसरमा नेपाली युवा सम्वन्धी लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

युवा दिवसको अवसरमा नेपाली युवा सम्वन्धी लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

काठमाडौँ । नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथालाई आकर्षक ढंगले देखाइएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर टिसीटी इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत चलचित्र सार्वजनिक गरिएको चलचित्रका कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिनुभयो । लघु चलचित्रको निर्देशन भने अर्का पत्रकार रामजी ज्ञवालीले गर्नु भएको छ । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन गरिसक्नु भएको छ भने कार्यकारी उत्पादक भण्डारीले अरु लघु चलचित्रमा पनि गीत तथा कथा लेख्नु भएको छ । पवन बस्यालले लेखेको कथामा आधारित चलचित्रमा महेश खड्का, सविना राउत, दिपक ढकाल, नारायण कँडेल, राजेश भट्टराई, सुदिन श्रेष्ठ, शिबु पाण्डे लगायतले अभिनय गर्नु भएको छ । प्रतिभाशाली नयाँ तथा पुराना सबै प्रकारका कलाकारहरुले जिवन्त अभिनय गरेकाले चलचित्र हेरेपछि धेरैको मन छुने कार्यकारी उत्पादक भण्डारीले दावी गर्नुभयो ।

नेपाल भित्र जाहाँ जे गर्दा पनि हैरान मात्रै हुने, सहयोग र प्रोत्साहन नहुने भएकाले युवाहरु विदेशीनु परेको चलचित्रमा देखाएको छ । चलचित्रका हैरानी मात्रै देखाइएकाले युवाहरुलाई स्वदेशमै रोक्ने हो भने त्यस्ता हैरानी हटाउनु पर्ने सन्देश चलचित्रबाट दिन खोजिएको भण्डारीको भनाई छ । ‘लिलामी’को व्यवस्थापकको जिम्मेवारी युवराज घिमिरेले र सम्पादनको जिम्मेवारी नहकुल खड्काले निर्वाह गर्नु भएको थियो ।

Related News

सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
  • २०८० श्रावण २७, शनिबार ११:०४ गते

काठमाडौं । फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा...

सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी
  • २०८० श्रावण २७, शनिबार ११:०४ गते

काठमाडौं २८ बैशाख । सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी राम्रो लेखक र संगीतकार पनि हुन । दुई...

‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
  • २०८० श्रावण २७, शनिबार ११:०४ गते

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले अब सबै कलाकारहरु एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका...

TOP