२०८१ जेष्ठ १
May 14, 2024, Tuesday

अनलाइन टिभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई ज्यान मार्ने धम्की

अनलाइन टिभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई ज्यान मार्ने धम्की

कुनै पार्टीको कार्यकर्ता बताउने अज्ञान व्यक्तिले फोन मार्फत अनलाइन टिभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । पिडितहरुको आवाजलाई स्थान दिएकै कारणले त्यो भिडियो हटाउन दवाव दिदै अज्ञात व्यक्तिले यही भदौ ५ गते बेलुका ८ बजे फोन गरी गोली हान्ने, खुकुरी प्रहार गर्ने, मार्ने लगायतको धम्की दिएकोले हामीलाई अत्यन्त्र त्रसित बनाएको छ । सबैभन्दा पहिला उहाँको सुरक्षा गर्न सरकारलाई आग्रह गर्दछौँ ।

अन्यायका विरुद्धमा आवाज उठाइदिनु, सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु सञ्चार माध्यमको प्रमुख धर्म नै हो । त्यही धर्म निभाउने क्रममा कसैलाई चित्त नबुझेको हुन सक्छ । त्यसका लागि पर्याप्त कानुनी उपचारको बाटोहरु छन् । तर भौतिक आक्रमण नै गर्ने धम्की दिनु कुनैपनि हालतमा सही मान्न सकिदैन । त्यसैले कुनै पार्टीका नाममा वा उनका समर्थकहरुका नाममा सञ्चारकर्मीलाई धम्की दिने कार्य तत्काल रोक्न जोडदार माग गर्दछौं । धम्की दिने व्यक्तिले नाम लिएको पार्टी र सरकारी निकायको तत्काल ध्यान गराउदै दोषीलाई हदै सम्मको कानुनी कारबाही गर्न दुवै पक्षलाई आग्रह गर्दछौं । साथै आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न सरोकारवालाहरुसँग माग गर्दै यस्ता घटनाको सामनाका लागि एकजुट हुन यस क्षेत्रमा क्रियाशिल सवैलाई आह्वान पनि गर्दछौँ ।

Related News

कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
  • २०८० भाद्र ८, शुक्रबार १९:५८ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ ।बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक...

अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
  • २०८० भाद्र ८, शुक्रबार १९:५८ गते

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार सम्बन्धि तीन बुँदे माग राख्दै शुक्रबार पनि रिले अनशन जारी राखेका छन् ।...

‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
  • २०८० भाद्र ८, शुक्रबार १९:५८ गते

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले अब सबै कलाकारहरु एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका...

TOP