२०८१ बैशाख १८
April 30, 2024, Tuesday

शिक्षाका सबै संरचनामा अब प्रतिस्पर्धाबाट छनोटः प्रधानमन्त्री

शिक्षाका सबै संरचनामा अब प्रतिस्पर्धाबाट छनोटः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ढले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘कान्तिपुर एजुकेशन समिट’ (शैक्षिक बहस) मा प्रधानमन्त्री दाहालले प्रतिस्पर्धामार्फत् शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने र त्यसका लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्नलाई पहल गर्ने बताए ।

‘मैले घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुने छैन । मेरिटोक्रेसीका आधारमा उपकुलपति लगायतका पदाधिकारीहरू नियुक्त हुनेछन् । म मेरो संकल्पमा दृढ छु । यसले योग्यहरूले जिम्मेवारी प्राप्त गर्ने अवसरको ढोका खुल्नेछ’ उनले भने, ‘विश्वविद्यालयका पदाधिकारीहरूले उच्च मनोबलका साथ आफ्नो विज्ञता प्रस्तुत गर्ने वातावरण मिल्नेछ, विद्यार्थी, अभिभावक लगायत आम जनसमुदायमा उच्च शिक्षा र पदाधिकारीहरूप्रति भरोसा बढ्नेछ ।’

वर्तमान परिवेश सुहाउँदो र प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको धारणा प्रधानमन्त्रीले राखे ।

‘नेपाल जस्ता विकासशील देशहरूमा भूमण्डलीकरणकोे बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ । यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै धेरै हदसम्म हेरफेर ल्याएको छ । यो तथ्यलाई गहिरो गरी विचार गर्ने र त्यसका आधारमा हाम्रो शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सक्दछौं,’ प्रधानमन्त्री दाहालले भने ।

Related News

२० बैशाखदेखी भन्सार विभाग घेराउ तथा धर्ना दिने आजपाको चेतावनी
२० बैशाखदेखी भन्सार विभाग घेराउ तथा धर्ना दिने आजपाको चेतावनी
  • २०८० पुष १७, मंगलवार १६:१९ गते

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको भन्सार कानून सुधार संघर्ष समिति र आम सम्पर्क मञ्चले बुधबार काठमाडौंको त्रिपुरेश्वर स्थित...

एक करोड २० लाख बराबरको कपडा बरामद
  • २०८० पुष १७, मंगलवार १६:१९ गते

वीरगञ्ज, वैशाख ७ गते । भन्सार राजस्व छली गरी भित्र्याएको आशङ्कामा पर्सा प्रहरीले वीरगञ्जको आदर्शनगरमा रहेका दुई गोदाममा छापामारी  भण्डारण गरी...

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
  • २०८० पुष १७, मंगलवार १६:१९ गते

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिकरूपमा निःशुल्क मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले...

TOP