२०८१ बैशाख १८
April 30, 2024, Tuesday

बरहथवामा गोली चल्यो, एकको मृत्यु

बरहथवामा गोली चल्यो, एकको मृत्यु

सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ । 

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको जनाएको छ ।

गोली लागी सोही वडाका जयशंकर साहको मृत्युभएको बताइएको छ । तर प्रहरीले अहिलेसम्म त्यसको पुष्टि गरेको छैन । उहाँ आन्दोलनकारी नभएर सडकमा हिँडिरहेको बटुवा रहेको आन्दोलनकारीको दाबी छ । 

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको निजी घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।  

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले घटनास्थलको थप विवरण आउन बाँकी रहेको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिनुभयो । बरहथवा बजार क्षेत्रमा अहिले व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

गत असोज ९ गते बरहथवा नगरपालिकाको नगर कार्यपालिका बैठकले प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । पुस १८ गते बसेको कार्यपालिका बैठकमा बहुमत सदस्यले सो निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गर्नुभएको थियो ।  

कांग्रेससहित केही दलका जनप्रतिनिधि भने निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा छन् । यही विषयमा छलफल गर्न शुक्रबार बिहान सर्वदलीय बैठक बोलाइएकोमा नगरपालिकाले सूचना निकालेर बैठक स्थगित गरेको छ । 

नगरप्रमुख कल्पनाकुमारी कटुवालसहित बहुमत कार्यपालिका सदस्य प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण नगर्ने पक्षमा हुनुहुन्छ । 

Related News

२० बैशाखदेखी भन्सार विभाग घेराउ तथा धर्ना दिने आजपाको चेतावनी
२० बैशाखदेखी भन्सार विभाग घेराउ तथा धर्ना दिने आजपाको चेतावनी
  • २०८० पुष २०, शुक्रबार १८:१८ गते

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको भन्सार कानून सुधार संघर्ष समिति र आम सम्पर्क मञ्चले बुधबार काठमाडौंको त्रिपुरेश्वर स्थित...

एक करोड २० लाख बराबरको कपडा बरामद
  • २०८० पुष २०, शुक्रबार १८:१८ गते

वीरगञ्ज, वैशाख ७ गते । भन्सार राजस्व छली गरी भित्र्याएको आशङ्कामा पर्सा प्रहरीले वीरगञ्जको आदर्शनगरमा रहेका दुई गोदाममा छापामारी  भण्डारण गरी...

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
  • २०८० पुष २०, शुक्रबार १८:१८ गते

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिकरूपमा निःशुल्क मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले...

TOP