२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

सोमबार र मङ्गलबार सामान्य वर्षाको सम्भावना

सोमबार र मङ्गलबार सामान्य वर्षाको सम्भावना

काठमाडौं,पुस २९ गते । नेपालमा सोमबारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार आज आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी क्षेत्रको एक–दुई स्थानमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ । 

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भोलिदेखि आजभन्दा अलि बढी पश्चिमकी वायुको प्रभाव रहने भएका कारण हल्का वर्षाको सम्भावना रहेको छ । उहाँले भन्नुभयो, “आज पश्चिमी वायुको प्रभाव आंशिक रूपमा रहेको छ । रातिदेखि अलि बढी प्रभाव रहने भएकाले सोमबार र मङ्गलबार सामान्य वर्षाको सम्भावना रहेको छ । तराईमा भने वर्षाको सम्भावना छैन ।”

वर्षा भए पनि १० मिलिमिटरभन्दा कम नै वर्षा हुने उहाँको भनाइ छ । सोमबार रातिदेखि गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मङ्गलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार तराईमा लागिरहेको हुस्सु समेत भोलिदेखि हट्दै जानेछ ।

उहाँले भन्नुभयो, “भोलिदेखि तराई क्षेत्रमा वायुमण्डल स्थिर रहँदा बिहानदेखि हुस्सु लागेको छ । पश्चिमी वायुको प्रभावका कारण भोलिदेखि वायुमण्डल चलायमान हुने भएकाले तराई क्षेत्रमा लागेको हुस्सु हट्दै जानेछ ।”

Related News

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
  • २०८० पुष २९, आईतवार १९:१९ गते

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८...

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
  • २०८० पुष २९, आईतवार १९:१९ गते

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षति भइरहेको छ । आइतबार मात्रै...

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
  • २०८० पुष २९, आईतवार १९:१९ गते

बुधबारे । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । देउमाई नगरपालिका घर भएका भ्यान चालक...

TOP