२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

त्रिशूलीमा खसेको जिप भेटियो

त्रिशूलीमा खसेको जिप भेटियो

त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जिप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूलीमा खसेको हो ।

आज बिहान पौने पाँच बजेको समयमा बी आर ०९ जी सी १४३९ नम्बरको जिप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । जिप सडकबाट करिब एक सय मिटर तल खसेको हो । 

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन गरिएको छ । स्थानीयले जिप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो । 

केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनले बताए । 

Related News

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
  • २०८० माघ २, मंगलवार १२:१६ गते

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८...

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
  • २०८० माघ २, मंगलवार १२:१६ गते

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षति भइरहेको छ । आइतबार मात्रै...

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
  • २०८० माघ २, मंगलवार १२:१६ गते

बुधबारे । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । देउमाई नगरपालिका घर भएका भ्यान चालक...

TOP