२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

पोखरामा घरको पाँचौँ तलाबाट खसेर सोलार इन्जिनियरको मृत्यु

पोखरामा घरको पाँचौँ तलाबाट खसेर सोलार इन्जिनियरको मृत्यु

पोखरा । घरको छतबाट खसेर एक जना सोलार ईन्जिनियरको ज्यान गएको छ । आज(मंगलबार) दिउँसो १ बजे पोखरा महानगरपालिका वडा नं.६ डिहिकोपाटनस्थित निर्माणाधीन एक घरको पाँचौँ तलाको छतबाट खसेर पोखरा ८ रत्नचोकका ३७ वर्षीय ई.प्रवीण भट्टराईको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदामाका अनुसार निर्माणाधीन घरको सोलार जडान गर्ने क्रममा पाँचौं तलाको लिफ्टबाट उनी खस्न पुगेका थिए । गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो करिब २:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टराई पोखरा न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए । भट्टराईको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
  • २०८० माघ १६, मंगलवार २०:१५ गते

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८...

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
  • २०८० माघ १६, मंगलवार २०:१५ गते

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षति भइरहेको छ । आइतबार मात्रै...

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
  • २०८० माघ १६, मंगलवार २०:१५ गते

बुधबारे । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । देउमाई नगरपालिका घर भएका भ्यान चालक...

TOP