२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

हत्या आरोपमा श्रीमान पक्राउ

हत्या आरोपमा श्रीमान पक्राउ

कालीकोट, माघ २४ गते । कालीकोटको पलाँता गाउँपालिका –८ का एक पुरुष श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । श्रीमतीको निधन भएको भनिएको सात दिनपछि उनी पक्राउ परेका हुन् । 

श्रीमती माइतीघर गएको खवर गरेका राजेन्द्र रोकायाले माघ १७ गते राति हत्या गरेर शवलाई भिरमा खसालेको आंशकामा प्रहरीले उनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण थापाका अनुसार रोकायाले श्रीमती माइत गएको गाउँका साथीभाइलाई खबर गरेका थिए । 

तीनदेखि चार दिनपछि माइतीमा गए–नगएको खबर गर्दा माइती पक्षले नआएको खबर सुनाएपछि श्रीमान राजेन्द्र रोकायाप्रति शंका गरिएको थियो । पछि खोज्दैजाँदा वडा ८ को देउगैडा भन्ने भिरमा रोकायाको २९ वर्षीया उर्मिला रोकायाको शव भेटिएको थियो । 

अनसन्धानको क्रममा उहाँको भिरबाट लडेर नभई उनकै श्रीमान रोकायाले कुटपिट गरी हत्या गरेको र पछि डोकोमा हाली भिरबाट लडाएको पाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । पक्राउपछि रोकायालाई आज जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

Related News

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
  • २०८० माघ २४, बुधबार २०:५० गते

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८...

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
  • २०८० माघ २४, बुधबार २०:५० गते

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षति भइरहेको छ । आइतबार मात्रै...

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
  • २०८० माघ २४, बुधबार २०:५० गते

बुधबारे । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । देउमाई नगरपालिका घर भएका भ्यान चालक...

TOP