२०८१ जेष्ठ ३
May 16, 2024, Thursday

रकम फिर्ता गर्न हातेमालो गरी अगाडी बढौ नारा सहित भृकुटीमण्डपमा प्रदर्शन जारी

रकम फिर्ता गर्न हातेमालो गरी अगाडी बढौ नारा सहित भृकुटीमण्डपमा प्रदर्शन जारी

सहकारीमा ठगिएकाहरूको रकम फिर्ता र धनको सुरक्षा गर्नुपर्ने दायित्वमा सरकार चुक्दा लाखौं सर्वसाधारणले  बचत गरेको अर्बाैं रुपैयाँ जोखिममा रहेको  छ।सहकारी पीडितहरुको समस्या समाधानका लागि न सरकारले काम गरेको छ, न त राजनीतिक दलका नेताहरुले नै । बरु कतिपय नेताहरुले सहकारीका ठग्नहरुसँगै मिलेमतो गरेका कारण यो क्षेत्रमा दण्डहीनताले प्रश्रय पाएको छ ।‘सरकारलाई दबाब दिन आज ठमाडौं उपत्यकामा बृहत् दबाबमूलक कार्यक्रम गरेको हो । आज  बचत फिर्ता नहुँदासम्म निरन्तर आन्दोलनमा रहेनेछौ  भन्दै एकजना पिडित “

महासंघका अध्यक्ष कुशलभ केसीले मुलुकको करिब तीन सय सहकारीले बचतकर्ताको करिब एक अर्ब रुपैयाँ अपचलन गरेको देखिएको बताए । ‘सरकारले केही सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेको छ । तर, महासंघमा करिब तीन सय सहकारीका पीडित संगठित भएर आएका छन् । सबैको रकम एकमुस्ट गर्दा अपचलन भएको रकम एक खर्ब रुपैयाँ पुग्छ,’ उनले भने । 

सहकारीमार्फत आर्थिक एवं वित्तीय अपराध गरेर फरार हुनेहरुलाई समात्ने जिम्मेवारी गृह प्रशासनको हो । तर, सहकारीका ठगहरुलाई सरकारले समाउन र पीडितहरुको डुकेको रकम फिर्ता गराउन सकेको देखिँदैन । सरकारको यही लाचारीका कारण लाखौं नागरिकहरु पीडित बन्नु परिरहेको छ ।

Related News

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
  • २०८० चैत्र १, बिहीबार १६:५३ गते

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ ।बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले...

सुनसान छ डाक्टर केसीको अनसनस्थल
सुनसान छ डाक्टर केसीको अनसनस्थल
  • २०८० चैत्र १, बिहीबार १६:५३ गते

काठमाडौं । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार...

समाचार टिप्पणीओलीको गलामा सयपत्रीको माला
समाचार टिप्पणीओलीको गलामा सयपत्रीको माला
  • २०८० चैत्र १, बिहीबार १६:५३ गते

काठमाडौं । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र तनाव सिर्जना हुनसक्ने भाषामा अभिव्यक्ति दिएका छन् । संसदीय छानविन...

TOP