२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

पोखरा विमानस्थलको ऋण अनुदानमा बदल्न पहल हुन्छ

पोखरा विमानस्थलको ऋण अनुदानमा बदल्न पहल हुन्छ

लेखनाथ, चैत ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरामा आइतबार बिहान भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले छिमेकी मुलुकसँग यसबारे कुरा भइरहेको उल्लेख गर्नुभयो । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले ऋणमा डुबायो भन्ने खालका अफवाहप्रति जानकार रहेको जनाउँदै विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । “२५ प्रतिशतमात्र होइन, सबै ऋण पनि अनुदानमा बदल्नेबारे मेरो ध्यान छ,” उहाँले भन्नुभयो । 

प्रधानमन्त्री दाहालले सूचना, प्रविधिविहीन अवस्था मानवको अस्तित्व नै कायम नहुने खालको अवस्थामा पुगेको जनाउँदै आवश्यक पूर्वाधार र कानुन निर्माण गरी सञ्चार क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाइने प्रष्ट पार्नुभयो । सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगमा राखी सरकारले संरक्षण र संवद्र्धन गर्ने उहाँको प्रतिवद्धता छ । 

प्रधानमन्त्री ‘प्रचण्ड’ ले समारोहमा दयाशंकर स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ र २०८० बाट पत्रकार मरोपरान्त त्रिभुवन पौडेललाई सम्मान गर्नुभयो । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा स्वर्गीय दयाशंकर पालिखेका परिवारद्वारा स्थापित यो पुरस्कारको राशि नगद एक लाख एक हजार एक सय ११ रुपियाँ छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले व्यवस्था परिवर्तन, समाजमा चेतना र सूचना, समाचार सम्प्रेषणमा मिडियो भूमिका भए पनि राज्यले त्यसको मूल्याङ्कन गर्न नसकेको गुनासो गर्नुभयो । महासंघले लामो समयदेखि आम सञ्चार प्रतिष्ठान माग गरे पनि त्यो बन्न नसकेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “राज्यले हामीलाई अभिभावकत्व दिएको महसुस भएको छैन ।”

यस्तै, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, प्रेस स्वतन्त्रताका सेनानी कुशुमकेशव पराजुली र महासंघ कास्की सचिव माधव बरालले पनि आफ्नो धारणा राख्नुभयो ।गोरखापत्र अनलाइन

Related News

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
  • २०८० चैत्र ४, आईतवार १५:५८ गते

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ ।बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले...

बुध्दको शिक्षाले आफूलाई काम गर्न प्रेरणा मिलिरहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई
बुध्दको शिक्षाले आफूलाई काम गर्न प्रेरणा मिलिरहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई
  • २०८० चैत्र ४, आईतवार १५:५८ गते

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफूले बुद्धको शिक्षालाई सधैं मनमा राखेर देशका कामलाई सही ढंगले सञ्चालन गर्न...

सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज
  • २०८० चैत्र ४, आईतवार १५:५८ गते

काठमाडौं । फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा...

TOP