२०८१ जेष्ठ ८
May 21, 2024, Tuesday

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिकरूपमा निःशुल्क मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसैअनुसारको मोबाइल डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेजमध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरूले यो सुविधा उपयोग गर्न पाउनेछन् । वार्षिक एफटीटीएच कम्बो प्याकेजअन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै एक एनटीटीभी र एक टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिकरूपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसैअनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ । यसअनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिकरूपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नेछन् भने भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिकरूपमा क्रमशः ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । आफूलाई आवश्यकताअनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटा समेत चलाउन सकिने भएकाले टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको छ ।

एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरूले १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था गरिएको छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न दरको एनटी फाइबर सेवाबारेमा कम्पनीको वेभसाइट तथा ‘नेपाल टेलिकम’ एप प्रयोग गरेर जानकारी लिन सकिन्छ ।

Related News

कांग्रेसको अवरोधबीच प्रधानमन्त्रीले राखे विश्वासको मतको प्रस्ताव
  • २०८० चैत्र ६, मंगलवार १६:४५ गते

काठमाडौं । कांग्रेस सांसदहरूको अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पेस गरेका छन् ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन...

व्यवसायीक रक्षाका लागि काठमाडौं महानगरको प्रतिकारमा उत्रिन कवाड व्यवसायीलाई प्रभु साहको सुझाव
व्यवसायीक रक्षाका लागि काठमाडौं महानगरको प्रतिकारमा उत्रिन कवाड व्यवसायीलाई प्रभु साहको सुझाव
  • २०८० चैत्र ६, मंगलवार १६:४५ गते

काठमाडौं आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आफ्नो पेशव्यवसायको रक्षा र शान्तिपूर्ण व्यापार व्यवसाय गर्नका लागि काठमाडौं...

सीता जयन्ती मनाउँने आजपाको निर्णय
सीता जयन्ती मनाउँने आजपाको निर्णय
  • २०८० चैत्र ६, मंगलवार १६:४५ गते

काठमाडौं आम जनता पार्टी (आजपा) जानकी जयन्ती मनाउने निर्णय गरेको छ । आउदो ३ जेठमा आजपाले जानकी जयन्ती मनाउँने निर्णय...

TOP