२०८१ जेष्ठ ४
May 17, 2024, Friday

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

काठमाडौं, चैत २९ गते । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।

विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले बिहीबार दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । “यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ”, उहाँले भन्नुभयो, “देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदूषण बढेको थियो । वर्षाका कारण वायु प्रदूषण न्यूनीकरण हुनेछ ।”

मङ्गलबार र बुधबार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ थियो । सोमबार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदूषण, मङ्गलबार दुई सय पुगेको थियो । बिहीबार भने प्रदूषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ ।

Related News

डा. केसीले गरे अनशन स्थगित
डा. केसीले गरे अनशन स्थगित
  • २०८० चैत्र २९, बिहीबार १७:१७ गते

काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गरी अनशन स्थगित भएको...

जुम्लामा मिनी ट्रक दुर्घटना, दुई जना घाइते
जुम्लामा मिनी ट्रक दुर्घटना, दुई जना घाइते
  • २०८० चैत्र २९, बिहीबार १७:१७ गते

मुगु । जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था...

नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने
  • २०८० चैत्र २९, बिहीबार १७:१७ गते

काठमाडौं । नेपाल बार एशोसिएसनले १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको...

TOP