२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

भक्तपुरमा जिब्रो छेड्ने जात्रा आज मनाईंदै

भक्तपुरमा जिब्रो छेड्ने जात्रा आज मनाईंदै

काठमाण्डौ – भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाईंदैछ । विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै हुनुहुन्छ ।

युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको श्रेष्ठले बताउनुभयो । नवौँ पटक बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले गएको वर्ष पनि जिब्रो छेडाउनु भएको थियो । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वाश छ  । मध्यपुर ठिमी वडा नम्बर २ मा रहेको गणेशको मन्दिर अगाडि गरेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ ।

त्यसपछि जिब्रो छेड्ने व्यक्तिले  अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्दछ । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ ।

यसैबीच मध्यपुरथिमि क्षेत्रमै आज ३२ खटसहितको सिन्दुर जात्रा मनाइदैछ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछ ।

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजाको तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।

Related News

नेपालमा विदेशी हस्तक्षेप बढ्यो ः अध्यक्ष लिङ्देन
नेपालमा विदेशी हस्तक्षेप बढ्यो ः अध्यक्ष लिङ्देन
  • २०८१ बैशाख २, आईतवार १२:५८ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन् ।आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको...

ललितपुरको महालक्ष्मी नगरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना
ललितपुरको महालक्ष्मी नगरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना
  • २०८१ बैशाख २, आईतवार १२:५८ गते

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा रहेको सरु संगीत घरले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना गरेको...

काठमाण्डौको बालाजु बाइसधारामा आजदेखि पाँच दिने मेला
काठमाण्डौको बालाजु बाइसधारामा आजदेखि पाँच दिने मेला
  • २०८१ बैशाख २, आईतवार १२:५८ गते

काठमाण्डौ – काठमाण्डौको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका...

TOP