२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

आगो निभाउने क्रममा एकको मृत्यु

आगो निभाउने क्रममा एकको मृत्यु

गुल्मी, वैशाख ३ गते । गुल्मीमा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । यस जिल्लाको मुसिकोट नगरपालिका– १ पौदीको जङ्गलमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५८ वर्षीय महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्योदय माध्यमिक विद्यालयको जग्गा समेत रहेको जङ्गलमा आगो निभाउनको लागि घर्ती आइतबार बिहान ११ः३० बजेको समयमा जङ्गलमा जानुभएको थियो ।

सोही क्रममा तलबाट आएको आगोको मुस्लोमा परी घर्ती करिब डेढ सय मिटर तल लड्नुभएको थियो । टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका घर्तीलाई थप उपचारको लागि तम्घास अस्पताल ल्याए पनि अस्पतालले मृत घोषणा गरेको छ ।

त्यस्तै, आगोमा परि सोही ठाउँका ५२ वर्षीय रेशम थापा घाइते हुनुभएको छ । उहाँ भीरबाट ४० मिटर तल लड्नुभएको थियो । उहाँको टाउको र निधारमा चोट लागेको छ । उहाँको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । रासस

Related News

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
  • २०८१ बैशाख ३, सोमबार १९:०१ गते

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८...

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
  • २०८१ बैशाख ३, सोमबार १९:०१ गते

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षति भइरहेको छ । आइतबार मात्रै...

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
  • २०८१ बैशाख ३, सोमबार १९:०१ गते

बुधबारे । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । देउमाई नगरपालिका घर भएका भ्यान चालक...

TOP