२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

नेप्से परिसूचक १६.८२ अंकले गिरावट

नेप्से परिसूचक १६.८२ अंकले गिरावट

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १६ दशमलव ८२ अंकले घटेर दुई हजार छ दशमलव ५२ को बिन्दुमा कायम भएको छ । सोमबार तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता सेयर ५० हजार पाँच सय २४ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ६४, उत्पादन तथा प्रशोधन एक दशमलव ५९ र होटल तथा पर्यटन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ । माछापुच्छ्रे डिभेञ्चर २०८७ को सेयर मूल्य सात दशमलव ०९ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सात दशमलव ०५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सोमबार सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको रु १७ करोड ७३ लाख ६८ हजार दुई सय ९५ बराबरको पाँच लाख २७ हजार नौ सय २६ कित्ता सेयर किनबेच भएको छ ।

Related News

नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
  • २०८१ बैशाख ३, सोमबार १७:२२ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शान्ती स्थपना, लोकतन्त्र सुदृढिकरण र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण...

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोे सुरु भएको छ ।
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोे सुरु भएको छ ।
  • २०८१ बैशाख ३, सोमबार १७:२२ गते

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको व्यवस्थापनमा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ सुरु भएको हो ।‘स्पेस एण्ड डिजाइन’ एक्स्पोको उद्घाटन...

प्रधानमन्त्रीले चौथो पटक सोमबार विश्वासको मत लिने
प्रधानमन्त्रीले चौथो पटक सोमबार विश्वासको मत लिने
  • २०८१ बैशाख ३, सोमबार १७:२२ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (७ जेठ) मा विश्वासको मत लिने तयारी गरेका छन्।जेठ १ मा सक्ता साझेदार जनता...

TOP