२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा बोल्दै एक सहकारी पीडित छोराछोरी पढाउँला भनेर जम्मा गरेको पैसा सहकारीले खाइदियो , घर परिवारले पनि सहकारीमा पैसा राखेर डुबाएको भन्दै तनाव दिन्छन् । ‘घरका सबैजना मैले नै पैसा डुबायो भन्छन्,’ ‘मैले त राम्रै होला भनेर राखेको थिए भन्दै पिडित हरुले आफ्नो कुराहरु आज पोख्दै, सहकारी पीडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधी उपचार लगायत खान समस्या भएको गुनासो गरेका थिए ।

उनीहरुले आफूले दुःख गरेर जम्मा गरेको रकम खाएर हिँड्ने छुट कसैलाई नरहेको भन्दै सरकारले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले सरकारले गरिव जनताको दुःख नसुनेको आरोप लगाए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरूले सहकारी पीडितहरूको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयास भैरहेको र सहकारी पीडित बचतकर्ताहरुलाई न्यायका लागि मर्न पनि पछाडि नहट्न आह्वान गरे । बीचमा कसैसँग मिल्ने, झुक्ने र साँठगाँठ गर्ने काम नगर्न पनि उनले सबै अभियन्ताहरुलाई आग्रह गरे । सोझा साझा पीडित बचतकर्तालाई न्याय दिलाउन आफूहरु लागिरहने उनको भनाइ छ ।

नेपाल प्रहरीका पूर्व आईजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरूले पीडित बनाएको बताए । सहकारी पीडितहरूको समस्या समाधान गर्न अहिलेसम्म विभिन्न आयोग बनेको र सम्झौता भएका भए पनि कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए । नेता खनालले सहकारी ठगहरूले लुट मच्चाउँदा पनि सरकार हेरेर बसेको बताए । सरकारमा रहेकाहरूले सहकारीका ठगहरूसँग साँठगाँठ गरेको उनको आरोप छ । 

जीवन चलाउने इन्धन हो पैसा । शौच गर्नसमेत पैसा तिर्नुपर्ने सहरमा दुःख गरेर आर्जेको रकम सहकारीले डुबाएपछि बचतकर्ताहरुको जीवन ठप्प भएको छ । ठप्प भएको जीवन फेरि चल्ने आशमा बसिरहे्का छन् बचतकर्ताहरु ।

Related News

विद्यार्थी महोत्सवमा एक लाख युवा दर्शक
विद्यार्थी महोत्सवमा एक लाख युवा दर्शक
  • २०८१ बैशाख ३, सोमबार १९:०२ गते

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष समिक बडालले ‘विद्यार्थी महोत्सव’ ले ‘कल्चरल मूभमेन्ट’ को शुरुवात गरेको बताएका छन् । महोत्सवमा एक लाख...

यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
  • २०८१ बैशाख ३, सोमबार १९:०२ गते

मुगु । मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जुम्लाको पातारासी...

सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता ः सांसद नेम्वाङ
सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता ः सांसद नेम्वाङ
  • २०८१ बैशाख ३, सोमबार १९:०२ गते

काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आफ्नो बुवाले...

TOP