२०८१ बैशाख १८
April 30, 2024, Tuesday

नेप्से परिसूचक ओरालो लाग्यो

नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ, वैशाख ४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलव ५१ मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार कुल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ मूल्यमा कारोबार भएको छ । 

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्षस्थानमा छ । सो कम्पनीको १७ करोड ५९ लाख ७८ हजार एक सय ६३ बराबरको कारोबार भएको छ । सूर्य ज्योति लाइफ इन्स्योरेन्स सात करोड ४३ लाख ५३ हजार पाँच सय ७२, पोखरा फाइनान्स छ करोड ६८ लाख ९८ हजार दुई सय १४, सर्वोत्तम सिमेन्ट चार करोड ५९ लाख ८१ हजार चार सय ३४ र शिवम् सिमेन्ट चार करोड ४७ लाख ४३ हजार सात सय सात बराबर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

एसबिएस ऋणपत्र नौ दशमलव ९९, गोर्खाज फाइनान्स नौ दशमलव ९६, सिभिल बैंकको ऋणपत्र आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक पाँच दशमलव शून्य दुई र दिव्येश्वरी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएका नेप्सेले जनाएको छ । त्यस्तै, रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स छ दशमलव ७४, सिवाइसी नेपाल लघुवित्त छ दशमलव ५०, डोल्टी पावर पाँच दशमलव ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले पाँच दशमलव शून्य छ प्रतिशतले गुमाएका छन् । रासस 

Related News

लगानीका लागि नेपालको उदार नीतिले सहज व्यवस्था गरेको छ ः देउवा
लगानीका लागि नेपालको उदार नीतिले सहज व्यवस्था गरेको छ ः देउवा
  • २०८१ बैशाख ४, मंगलवार १६:०७ गते

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम...

सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार
सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार
  • २०८१ बैशाख ४, मंगलवार १६:०७ गते

काठमाडौं । साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन गरिरहेका बेला सेयर बजारको संकेत पनि सकारात्मक छ । बजार परिसूचक...

लगानीकर्ताको आत्मविश्वास बढाउनेगरी कानुन बनेको छ ः प्रधानमन्त्री
लगानीकर्ताको आत्मविश्वास बढाउनेगरी कानुन बनेको छ ः प्रधानमन्त्री
  • २०८१ बैशाख ४, मंगलवार १६:०७ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन...

TOP