२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

ओमानको अल अमेरत खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो । पहिलो ब्याटिङ गरेको साउदी अरेबियाले नेपाल सामू जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

सो लक्ष्य नेपालले सात दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि गुलसन झाले अविजित ३२ रन बनाए । उनले १९ बल खेल्ने क्रममा दुई छक्का र दुई चौका प्रहार गरे । साथै दीपेन्द्र सिंह ऐरीले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

साउदी अरेबियाका लागि इस्तिक अहमदले दुई विकेट लिए भने उसमान नाजीव र वाजी उल हसनले एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थियो । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुईरदुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एकरएक विकेट लिए ।

समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।रासस

Related News

घरेलु मैदानमा मुम्बई इन्डियन्स १८ रनले पराजित
घरेलु मैदानमा मुम्बई इन्डियन्स १८ रनले पराजित
  • २०८१ बैशाख ५, बुधबार १९:२३ गते

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । दुवै टिम प्लेअफको...

अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
  • २०८१ बैशाख ५, बुधबार १९:२३ गते

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गयराति भएको...

सनराइजर्स हैदरावाद प्ले अफमा
सनराइजर्स हैदरावाद प्ले अफमा
  • २०८१ बैशाख ५, बुधबार १९:२३ गते

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ । हैदरावादमा बिहिबार साँझदेखि रातिसम्मै...

TOP