२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

सुप्रिम सहकारी पीडित आन्दोलित

सुप्रिम सहकारी पीडित आन्दोलित

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै बचतकर्ताहरूले मंगलबार बुटवलमा प्रदर्शन गरेका हुन् । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकमा पुगि कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनकारीले सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर, जीबी राई खोई ? भन्देऊ न रबी दाइ’,‘जीबी राई कहाँ छ ? रबी दाईलाई थाहा छ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । सोमबार मात्र सुप्रिमका बचतकर्ताको २ करोड रकम गैरकानुनी हिसाबले गृहमन्त्री रवि लामिछानेको खातामा गएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको थियो ।

प्रदर्शनका क्रममा सहकारी पीडितहरूले अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेका थिए । सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले प्रतिपक्षमा हुँदा गृहमन्त्री लामिछानेले आरोप लागेका व्यक्तिमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बोलेको तर अहिले किन तयार नभएको भन्दै प्रश्न गरे ।

अर्का बचतकर्ता कृष्णप्रसाद खरेलले सर्वसाधारण बचतकर्ताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि भए पनि प्रहरीले प्रतिवादी नबनाउनुले निष्पक्ष अनुसन्धान हुनेमा शंका उत्पन्न भएको बताए । सुप्रिमका अध्यक्ष राईसहित एमालेकै अर्का नेता केबी उप्रेती पनि सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएकाले लहरो तान्दा पहरो गर्जिन्छ भनेर सत्ताको आडमा सबैलाई बचाउने खेल भएको हुनसक्ने खरेलको भनाइ छ ।

राईलाई छिटो पक्राउ नगरे तथ्य प्रमाणहरू नष्ट हुनसक्ने भएकाले राईको सुरक्षा र पक्राउलाई सरकारले प्राथमिकता दिनुपर्ने अर्का सहकारी पीडित देवीलाल भट्टराईले बताए । सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले राई र लामिछानेसहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा १० हजार बढी बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको भन्दै गत चैत १ मा प्रहरीमा जाहेरी परेको थियो । १ हजार ८ सय २८ जनाले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरी अनुसन्धान अनुसार सुप्रिम सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा १३ करोड ६ लाख रुपैयाँ सारिएको छ भने लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ  ।

लामिछानेका नाममा दुई करोड व्यापार कर्जा स्वीकृत भई एक करोड ९६ लाख गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएको देखिएको छ । २ करोड ऋण बापत ४ लाख रुपैयाँ सेवा शुल्क कट्टा गरेर १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको प्रहरीले पुष्टि गरेको छ  । लामिछाने हालसम्म पनि सुप्रिम सहकारीको ऋणी रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ  ।

दुई करोड ऋणको किस्ता दुई पटक तिरिएको तर दुवै पटक सुप्रिम सहकारीकै बचत प्रयोग गरिएको प्रतिवेदनमा छ  । सुप्रिमको रकम हिनामिना प्रकरणमा सहकारी अध्यक्ष ओमप्रकाश गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं उक्त सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाँई पाण्डे, दीपक न्यौपाने र नीता थापा मगर पक्राउ परेका छन् ।karobar

Related News

अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ।’
अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ।’
  • २०८१ बैशाख ५, बुधबार १३:०६ गते

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् ।गाजाका लागि...

गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन
गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन
  • २०८१ बैशाख ५, बुधबार १३:०६ गते

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन...

संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले र प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने
संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले र प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने
  • २०८१ बैशाख ५, बुधबार १३:०६ गते

काठमाडौं । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।प्रधानमन्त्री दाहालले शुक्रबार...

TOP