२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

नेप्से परिसूचकको ओरालो यात्रा जारी

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ, वैशाख ६ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य चार अङ्कले ओरालो लागेर तीन सय ५० दशमलव ४७ मा पुगेको छ । कूल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर दुई अर्ब नौ करोड ३६ लाख १२ हजार सात सय ९२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । 

सो कम्पनीको १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ मूल्यमा खरिद बिक्री भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स १० करोड ५१ लाख ३७ हजार छ सय ७९, पोखरा फाइनान्स सात करोड ३७ लाख ५५ हजार छ सय ४६, शिवम् सिमेन्ट पाँच करोड ४५ लाख १९ हजार एक सय २३ र हिमालयन रिइन्स्योरेन्स पाँच करोड ३० लाख ४९ हजार पाँच सय ५१ मूल्यमा कारोबार भई शिर्ष पाँच भित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर सात दशमलव ९४, पोखरा फाइनान्स छ दशमलव २१, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत कम्पनी पाँच दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले पाँच दशमलव ५९ प्रतिशतले कमाएका छन् । रुरु जलविद्युत परियोजना नौ दशमलव ९९, गुर्खाज फाइनान्स नौ दशमलव३९, सिभिल बैंकको ऋणपत्र आठ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त छ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले पाँच दशमलव ८४ प्रतिशतले गुमाएका छन् । रासस

Related News

सेयर बजारमा १६.१८ अंकको गिरावट, कारोबार घट्यो   
सेयर बजारमा १६.१८ अंकको गिरावट, कारोबार घट्यो   
  • २०८१ बैशाख ६, बिहीबार १६:१८ गते

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार १६.१८ अंकले घट्दै नेप्से...

सहरको चिया चलन ः मेसो नयाँ व्यवसायको
सहरको चिया चलन ः मेसो नयाँ व्यवसायको
  • २०८१ बैशाख ६, बिहीबार १६:१८ गते

काठमाडौं । बिहान उठ्नेबित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन । पाहुना वा साथीभाइ भेटघाटमा चिया पिलाएर सत्कार गर्ने संस्कार छ...

सुनचाँदीको मुल्य बढ्यो
सुनचाँदीको मुल्य बढ्यो
  • २०८१ बैशाख ६, बिहीबार १६:१८ गते

काठमाण्डौ – आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३६ हजार...

TOP