२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

बस र सुमो ठोक्किँदा सात घाइते

बस र सुमो ठोक्किँदा सात घाइते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु घाइते भएका छन् ।

जिल्लाको भकुण्डेबाट धुलिखेल आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र धुलिखेलबाट भकुन्डेतर्फ जाँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो एकापसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

दुर्घटनामा सुमोमा सवार १० जनामध्ये चालकसहित सात यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा महोत्तरीको बर्दिबास बस्ने वर्ष ५२ की रासुदेवी महरा, महोत्तरी बर्दिबास बस्ने वर्ष ४८ की सुमिन्द्रदेवी, महोत्तरी ३ बस्ने ३९ की दुर्गा बराइली, सर्लाही, लालबन्दी बस्ने ३५ वर्षकी सबिना थपलिया, सर्लाही लालबन्दी बस्ने  सबिना थपलियाकी छोरी वर्ष ८ की सन्हया थपलिया,  महोत्तरीका सुमन बिक र चालक जिल्ला धनुषा यज्ञभूमि नगरपालिका –८ बस्ने वर्ष ५५ को बिषेश्वर बुर्गामगर घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइतेहरूको निधार, मुख र हातमा चोट लागेको अस्पतालले जनाएको छ । गोरखापत्र अनलाइन

Related News

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
  • २०८१ बैशाख ६, बिहीबार १५:०४ गते

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २...

नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
  • २०८१ बैशाख ६, बिहीबार १५:०४ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शान्ती स्थपना, लोकतन्त्र सुदृढिकरण र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण...

कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल
कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल
  • २०८१ बैशाख ६, बिहीबार १५:०४ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।नेपाल बार एसोसियसनले...

TOP