२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

लेखनाथ, वैशाख ७ गते । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । प्रमुख प्रतिपक्षी कांग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद अनुपस्थित भएपछि सभामुख कृष्ण धितालले बैठक स्थगित गर्नुभएको हो ।

‘जीवनाशक विषादी व्यवस्थापनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ विनाविभागीय मन्त्री हरिबहादुर चुमानले प्रस्तुत गर्ने कार्यसूची थियो । विपक्षी दलहरु अनुपस्थित हुने भएपछि निर्धारित समयभन्दा एक घन्टा ढिला सुरु भएको बैठक करिब पाँच मिनेट चलेर स्थगित भएको हो ।

त्यसअघि, शुक्रबार दिउँसो भएको कांग्रेस संसदीय दलको बैठकले गण्डकीको सदन बहिष्कार गर्ने निर्णय गरेको थियो । सभामुखको पदीय मर्यादालाई दलीयकरण गरी असंवैधानिक एवम् गैरकानुनी रुपमा गठन भएको दाबी गर्दै कांग्रेसले बैठक आह्वान नै अवैधानिक भएको जिकिर गरेको छ ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म कांग्रेस प्रदेशसभा बैठकमा सहभागी नहुने बताउनुभएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई वेवास्ता गर्दै प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम भएको नेता पाण्डेको टिप्पणी छ । 

शुक्रबारको बैठकमा राप्रपाका सांसदहरु पनि अनुपस्थित रहे । गण्डकीमा सरकार गठनका लागि सभामुखलाई गणना भएपछि कांग्रेस सर्वाेच्च अदालत गएको छ । यो मुद्दामा यही वैशाख १० गते पूर्ण सुनुवाइ हुने तय छ । GORKHAPATRA

Related News

अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ।’
अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ।’
  • २०८१ बैशाख ७, शुक्रबार १७:१६ गते

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् ।गाजाका लागि...

गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन
गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन
  • २०८१ बैशाख ७, शुक्रबार १७:१६ गते

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन...

संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले र प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने
संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले र प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने
  • २०८१ बैशाख ७, शुक्रबार १७:१६ गते

काठमाडौं । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।प्रधानमन्त्री दाहालले शुक्रबार...

TOP