२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

धुलिखेलका युवा व्यवसायी न्यौपाने जंगलमा मृत भेटिए 

धुलिखेलका युवा व्यवसायी न्यौपाने जंगलमा मृत भेटिए 

धुलिखेलका  एक युवा व्यवसायी  जंगलमा मृत अवस्था फेला परेका छन् । धुलिखेल नगरपालिका वडा. नं ७ अड्डाबजारमा मासु र दूध तथा दुधजन्य पदार्थको पसल सञ्चालन गर्दै आएका ४२ वर्षीय  राजकुमार न्यौपाने  धुलिखेल वडा नं ७ को जंगलमा मृत अवस्था फेला परेका हुन् ।

धुलिखेल नगरपालिका बाँसघारी स्थित आफ्नै निवासबाट भक्तपुर जान्छु भनी यही वैशाख २ गते निस्कि घर नफर्किएको र खोजी कार्य भइरहेको अवस्थामा  शुक्रबार  बिहान पाँच दिनपछि धुलिखेलको वीपी राजमार्ग बेईजिङप्लान माथीको जंगलको खोल्सामा मृत अवस्थामा फेला परेको र शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक न्यौपाने यही वैशाख २ गते बिहान ११ बजे पछिबाट सम्पर्क विहीन भएको परिवारले जनाएका छन् ।

घरबाट भक्तपुर जान्छु भनी स्कुटर र पसलको साँचो, पैसा श्रीमतीलाई दिई निस्किएका न्यौपाने सम्पर्क विहीन भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा खोजी गरिदिन अनुरोध गरेको थियो। खोजीकै क्रममा शुक्रबार बिहान उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  उनको लास उत्तानो परेर सुतेको जस्तो अवस्थामा भेटिएको थियो । उनको लास हेर्दा कही कतै चोट पनि छैन, हराएको पाँचदिन सम्म कुहेको पनि छैन, खुट्टामा लगाएको चप्पल पनि जस्ताको त्यस्तै छ, खुट्टा टेकेर आराम गरेजस्तो अवस्थामा थिए । वरिपरि कुनै केही भेटिएन र मृत्युवरण गर्नु अघि छटपट गरेको जस्तो पनि देखिन्न र मृत्यु ५ दिन अघि नभै एकदुईदिन अघि मात्र भएको जस्तो देखिन्छ । पेट फुलेको पनि छैन, बाहिर देखिने कुनै चोट पनि छैन ।

प्रहरीका अनुसार बिहान ८ बजेको समयमा पत्कर सोर्न जंगलमा आएका स्थानीय बासिन्दाले  जंगलको बीचमा रहेको खोल्सामा मृत अवस्थामा मान्छे देखेको खबर गरे लगतै अनुसन्धान गर्दा मृतक व्यक्ति राजकुमार न्यौपाने भएको पहिचान भएको हो।

उनी वैशाख २ गते बिहान ११ बजे भक्तपुर गएर आउँछु भन्दै घरबाट बाहिरिएको र मोबाईल पनि अफ गरेको परिवारका सदस्यले बताएका छन् । मृतकको सनाखत गर्ने क्रममा प्रहरीले मृतको पाइन्टको खल्तीमा नगद १ सय ६५ रुपैंया र एउटा मोबाईल फेला पारेको जनाएको छ ।

उनी झण्डै एक वर्षदेखि धुलिखेल नगरपालिकाको बाँसघारीमा नयाँ घर खरिद गरि परिवारसहित बस्दै आएका थिए । उनका एक श्रीमती र एक छोरा छन् ।

पछिल्लो समय व्यवसाय गर्दा र घर खरिदका क्रममा विभिन्न बैंक, वित्तिय संस्थाबाट ऋण लिएको तथा व्यक्तिगत रुपमा पनि सरसापट गरेकाले आफू  तनावमा परेको भन्दै चिनजानका साथीसंगीहरुसँग भन्दै आएका न्यौपाने मृत फेलापरेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

अनुसन्धानका क्रममा २ गते दिउसो ११ बजेर २७ मिनेट जाँदा मयुर बसपार्कमा हिँड्दै गरेको धुलिखेल नगरपालिका सरस्वती बजारको सीसी क्यामरामा देखिएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोस्टमार्टम पछि आजै उनको अन्तिम संस्कार गरिने बताइएको छ।NEWS OF NEPAL

Related News

यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
  • २०८१ बैशाख ७, शुक्रबार १७:४३ गते

मुगु । मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जुम्लाको पातारासी...

कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा
कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा
  • २०८१ बैशाख ७, शुक्रबार १७:४३ गते

काठमाडौं । दक्षिण कोरियाका बेसबल खेलाडी कुलतका कारण कानूनी अनुसन्धानको उल्झनमा परेका छन् । त्यहाँका १३ पूर्व र केही वर्तमान...

झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल
  • २०८१ बैशाख ७, शुक्रबार १७:४३ गते

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०÷०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल...

TOP