२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई बुझाएका छन्। 

अहिले पोखरा महानगरपालिका वडा नम्बर ३ बस्ने छोटुलाल शर्माले बाटोमा फेला पारेको रकम माता श्री ज्वेलर्सका सञ्चालक ध्रुवकुमार सुनारलाई बुझाउनु भएको हो।

बिहीबार दिउँसो साढे १ बजेटिर पोखरा–८, पृथ्वीचोकमा रहेको ज्वेलर्सबाट त्यहाँका कालिगढ मनोहर पवँर रकम जम्मा गर्न नयाँबजारको कृषि विकास बैंक जाने क्रममा बाटोमा सो रकम राखिएको झोला खसेको थियो। 

मोटरसाइकलको लेगार्डमा राखिएको रकमसहितको झोला खसेको र पाउने शर्माले प्रहरीलाई जानकारी गराएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो। 

रकम हराएको जानकारी आएपछि कास्की प्रहरी प्रहरी नायब उपरीक्षक शर्माको नेतृत्वमा खोजतलासमा खटिएको थियो। गोरखापत्र अनलाइन

Related News

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
  • २०८१ बैशाख ७, शुक्रबार ०७:१७ गते

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २...

नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
  • २०८१ बैशाख ७, शुक्रबार ०७:१७ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शान्ती स्थपना, लोकतन्त्र सुदृढिकरण र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण...

कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल
कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल
  • २०८१ बैशाख ७, शुक्रबार ०७:१७ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।नेपाल बार एसोसियसनले...

TOP