२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

चेम्बर अफकमर्सका २४ वटा समितिको नेतृत्व चयन

चेम्बर अफकमर्सका २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं । नेपाल चेम्बर अफकमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो ।


विपद व्यवस्थापन परिषदको सभापतिमा वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा चयन भएका छन् । । महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ, रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष दिपक श्रेष्ठ चयन भएका छन् ।


यस्तै, उपाध्यक्षहरु सुरेन्द्र कुमार श्रेष्ठ बस्तुगत समन्वय परिषद, निलकण्ठ चौलागाईं संस्थागत समन्वय परिषदएवं सन्तोष कुमार पाण्डे जिल्ला समन्वय परिषदको सभापतिबनाइएको छ ।मानार्थ उपाध्यक्ष अर्जुन प्रसाद शर्मा अन्तराष्ट्रिय प्रर्वद्धन समितिको सभापति चयन भएका छन् ।उपभोक्ता हित आपूर्ति, स्थानीयनिकाय, प्रशासनतथा स्थानीयप्रशासन, सुरक्षा समन्वय समितिको सभापतिमा देवेन्द्रभक्तश्रेष्ठ चयन भएका छन् ।


चेम्बरको राजश्व समितिमा पर्शु राम दाहाल, अतिथि सत्कार, क्लवतथा मर्मत संभार समितिको सभापतिमा राजा रत्नतुलाधर, मेला समितिमा राष्ट्रभुषण चाकुबजी, कृषि जडिबुटी तथा बनजन्य समितिमा कृष्णमान श्रेष्ठ, उद्योग वाणिज्य समितिको सभापतिमा भिमलाल पौडेल चयन भएका बताइएको छ ।


चेम्बरको सूचनाप्रचार प्रसार समितिमा दीपक काजी तुलाधर,वातावरण समितिमा रामश्रेष्ठ, पर्यटन तथा संस्कृतिप्रर्वद्धन समितिमा राजु श्रेष्ठ, युथ चेम्बरको सभापतिमा दीपेश तुलाधर चयन भएका हुन् ।


यसैगरी पूर्वाधार तथाभुमि सुधार समितिमा रोशन भो यधो, सामाजिक तथा स्वास्थ्य समितिमा मृगेन्द्रमेहर श्रेष्ठ, बैंक वित्तीयतथा विमा समितिको सभापतिमामनोहरदास मुल, ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त, निर्यात प्रर्वद्धन समितिको सभापतिमा संजय कुमार अग्रवाल चयन भएका छन् ।


चेम्बर अफ कमर्सको खेलकुद समितिको सभापतिमा रुपक राजवंशी,सूचनाप्रविधि समितिमा विज्ञान श्रेष्ठ चयन भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


चेम्बर अफकमर्सको ७३ औं वार्षिक साधारणसभापछि बनेको नया कार्य समितिले विषयगत समितिको सभापति चयन गरेको हो । यस अघि सल्लाहकार परिषदको अध्यक्षमा पूर्वअध्यक्ष राजेश काजी श्रेष्ठ भएका थिए ।

Related News

घरेलु मैदानमा मुम्बई इन्डियन्स १८ रनले पराजित
घरेलु मैदानमा मुम्बई इन्डियन्स १८ रनले पराजित
  • २०८१ बैशाख १३, बिहीबार १८:३२ गते

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । दुवै टिम प्लेअफको...

अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
  • २०८१ बैशाख १३, बिहीबार १८:३२ गते

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गयराति भएको...

सनराइजर्स हैदरावाद प्ले अफमा
सनराइजर्स हैदरावाद प्ले अफमा
  • २०८१ बैशाख १३, बिहीबार १८:३२ गते

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ । हैदरावादमा बिहिबार साँझदेखि रातिसम्मै...

TOP