२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र

मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्ष देखि अलपत्र अवस्थामा छ ।एक वर्षमा निर्माण सम्पन गर्ने सम्झौता अनुरुप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि उक्त प्रहरी चौकीका लागि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो ।

सोरुगाउँपालिकामा रहेको कालै प्रहरीको भवन वडा नम्बर ९ मा निर्माण थालनी गरिएको थियो ।एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७६जेठ २१ गते अमर निर्माण जेभीले २ करोड ४६ लाख,८४ हजार११७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।


सम्झौता अनुसार २०७७ जेठ २० गतेभित्र भवन निर्माण सकी हस्तान्तरण गर्नुपर्ने उक्त भवन अलपत्र बनेको छ ।
कर्णाली प्रदेश सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालयले प्रहरी चौकी कालैको लागि पर्याप्त बजेट विनियोजन नगरेपछि भवन निर्माण अघि बढाउन नसकेकोअमर मदुर जे.भी बिरेन्द्रनगरका प्रोप्राईटर राजबिन्द्र प्रताव सापकोटाले बताए ।
कार्यालयको ब्यारेक भवन, शौचालय तथा स्नान गृह निर्माणका लागिप्रदेश सरकारले पहिलो पटक कूल५० लाख निकाशा गरेको थियो । सो रकम मध्ये पनि निर्माण व्यावसायीले ४८लाख ३६ हजार ६ सय ६३रुपैयाँ भुत्तानी पाएकाले काम अगाडि बढाएको सापकोटाले जानकारी दिए ।


त्यसपछि सम्झौता अनुसारको रकम निकाशा नभए पछि भवनको दुई तला उकासेर छाडिएको छ । बजेट अभावकै कारण निर्मार्ण कार्यले गति लिन नसकेको सापकोटाको भनाई छ । त्यहाँ मजदुरी गरेकाले समेत ठेकेदारबाट भुक्तानी नपाएको गुनासो गरेका छन् ।


‘५० दिन बढी हामीले काम ग¥यौँ । ढुंगा बोक्ने,गिटी कुट्नेदेखि बालुवा बोक्ने सम्मकाकाम गरेको एक रुपैयाँ पनि नदिएर ठेकेदारले बेपत्ता भएको छ । घर व्यवहार चलाउन भारतमा मजदुरी गर्न जाने हामीले गाउँमै काम पायौं भनेर दङ्ग परेरक कमा गरियो, ज्याला समेत नपाउँदा घरमा जहान छोराछोरीलाई खुवाउन मुस्किल छ । बनाएको भवन पनि पशु चौपाए बस्ने ठाउँ बनेको छ,’ कामदार धर्मराज चौलागाँईले भने ।


तर, निर्माण व्यवसायीसापकोटाले भने आफूले कामदारलाई चाहेर पनि मजदुरीको रकम सरकारबाट भुक्तानी नपाएका कारण दिन नसेकेको बताए ।‘आफूसँग भएको रकम पनि त्यही लगानी गरियो । सरकारले रकम निकाशा नगरेकोले मजदुरलाई दिन नसकिएको हो । हाम्रो तर्फबाट काम गरेको रकम भुत्तानीका आग्रह गर्दा पाउन सकिएन । अहिले सर्वोच्चमा मुद्दा पुगेको छ,’ उनले भने ।


कालै प्रहरी चौकी भने स्थानीयको घरमा भाडा लिएर त्यहीबाट सञ्चालन हुँदै आएको छ । २ करोड ४६ लाख,८४ हजार ११७ रुपैयाँमा सम्झौता भएको उक्त भवनको निर्माण लागत बढेर अहिले ३ करोड बढी पुगेको छ । अलपत्र प्रहरी चौकी निर्माण कार्यलाई गति दिन आफ्नोे लातुकदार निकायमा आफूले पनि पहल गरिरहेको कालै प्रहरी चौकीका प्रहरी नायव उपरीक्षक बिरेन्द्र बहादुर थापाले जानकारी दिए ।

Related News

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
  • २०८१ बैशाख १३, बिहीबार १८:०२ गते

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २...

नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
  • २०८१ बैशाख १३, बिहीबार १८:०२ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शान्ती स्थपना, लोकतन्त्र सुदृढिकरण र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण...

कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल
कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल
  • २०८१ बैशाख १३, बिहीबार १८:०२ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।नेपाल बार एसोसियसनले...

TOP