२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

शेफिल्डलाई हराउँदै म्यान्चेष्टर युनाइटेड विजयी

शेफिल्डलाई हराउँदै म्यान्चेष्टर युनाइटेड विजयी

काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर युनाइटेडले तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ४–२ को जित हात पार्दै छैटौं स्थानमा उक्लिएको छ । सो क्रममा जारी खेलमा शेफिल्डले दुई पटक लिएको अग्रतालाई युनाइटेडले उल्ट्याएको थियो ।


खेलको ३५औं मिनेटमा जेडेन बोग्लेले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । तर, ४२औं मिनेटमा ह्यारी माग्वेरले बराबरी गोल गरे । ५०औं मिनेटमा बेन ब्रेरेटनले गोल गर्दै शेफिल्डलाई पुनः अग्रता दिलाए । तर, ६१औं मिनेटमा युनाइटेडले पेनाल्टी पाउँदा ब्रुनो फर्नाण्डेजले बराबरीमा ल्याए ।


८१औं मिनेटमा फर्नाण्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ८५औं मिनेटमा रास्मस होलुन्डले गोल गरेपछि युनाइटेडले ४–२ को जित दर्ता गरेको हो । जितसँगै युनाइटेड ५३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।

Related News

घरेलु मैदानमा मुम्बई इन्डियन्स १८ रनले पराजित
घरेलु मैदानमा मुम्बई इन्डियन्स १८ रनले पराजित
  • २०८१ बैशाख १३, बिहीबार १८:०५ गते

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । दुवै टिम प्लेअफको...

अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
  • २०८१ बैशाख १३, बिहीबार १८:०५ गते

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गयराति भएको...

सनराइजर्स हैदरावाद प्ले अफमा
सनराइजर्स हैदरावाद प्ले अफमा
  • २०८१ बैशाख १३, बिहीबार १८:०५ गते

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ । हैदरावादमा बिहिबार साँझदेखि रातिसम्मै...

TOP