२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

काठमाडौं । कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर सञ्चालन गर्ने परीक्षा विहान ८ बजेदेखि ११ सम्म सञ्चालन हुनेछ । देशभरका ५ हजार ५४२ वटा विद्यालयका विद्यार्थीहरू यो परीक्षामा सामेल हुदैछन् ।


यसवर्ष देशभरबाट नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र गरी ३ लाख ९० हजार ८४७ जना परीक्षार्थीहरू परीक्षामा सामेल हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । ग्रेड वृद्धितर्फ १ लाख ६५० परीक्षार्थी सहभागी हुदैछन् ।
परीक्षाका लागि बोर्डले देशभर १ हजार ५२५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा १४४ र मनाङ÷मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र तोकिएका छन् ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन गरिएको बोर्डका अध्यक्ष शर्माले बताए ।


Related News

देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग
देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग
  • २०८१ बैशाख १४, शुक्रबार १७:२५ गते

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ । आज...

दलीय राजनीति गर्ने शिक्षकहरुप्रति मन्त्रालय एक्सनमा,मगाइयो विवरण
दलीय राजनीति गर्ने शिक्षकहरुप्रति मन्त्रालय एक्सनमा,मगाइयो विवरण
  • २०८१ बैशाख १४, शुक्रबार १७:२५ गते

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी...

पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने
पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने
  • २०८१ बैशाख १४, शुक्रबार १७:२५ गते

उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने बताएका छन् । शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै...

TOP