२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएपछि चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएपछि चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं । चाउचाउमा एसिड भ्यालु धेरै भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । सो कम्पनी नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीको हो । चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।


ब्याज नं. ६० जीएसआरएस २०, २०८० मा उत्पादित चाउचाउमा एसिड भ्यालु धेरै देखिएको भन्दै तुरुन्त बजारबाट उक्त लटको उत्पादन फिर्ता गरी त्यसको प्रमाणसमेत पेश गर्न महानगरपालिकाले निर्देशन दिएको छ ।


महानगरपालिकाले सो चाउचाउको नमूना प्रयोगशालामा परीक्षणका लागि लगेकोमा परीक्षण प्रतिवेदनले खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।खाद्य प्राविधिकहरूले यस्तो हुनुलाई तेलको गुणस्तर नभएको भनेका छन् । यस्तो चाउचाउको निरन्तरको सेवनले क्यान्सरलगायत घातक रोग लाग्न सक्ने उनीहरूको भनाइ छ ।

Related News

यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
  • २०८१ बैशाख १४, शुक्रबार १७:२७ गते

मुगु । मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जुम्लाको पातारासी...

कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा
कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा
  • २०८१ बैशाख १४, शुक्रबार १७:२७ गते

काठमाडौं । दक्षिण कोरियाका बेसबल खेलाडी कुलतका कारण कानूनी अनुसन्धानको उल्झनमा परेका छन् । त्यहाँका १३ पूर्व र केही वर्तमान...

झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल
  • २०८१ बैशाख १४, शुक्रबार १७:२७ गते

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०÷०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल...

TOP