२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषण बढ्यो

मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषण बढ्यो

काठमाडौं । मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषणका क्रियाकलापहरु हुने गरेको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो समय मनोरञ्जनका क्षेत्रमा बालिकाहरुको संख्या बढ्दो क्रममा रहेको पनि उनीहरुको भनाइ छ ।


मनोरञ्जनका नाममा शोषण बढेपछि मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने काम भइरहेको शुभ अवसर ग्राम नेपालकी कार्यक्रम अधिकृत रञ्जना शर्माले बताइन । मानव बेचबिखनको सबैभन्दा बढि जोखिम भएको जिल्लामा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको उनले बताइन् ।
‘मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले संस्थाले काठमाडौं महानगर, भैरहवा र पोखरा महानगरसँग मिलेर तीनवटै जिल्लामा प्रत्येक तीन÷तीन महिनामा अनुगमन र मूल्यांकनको कार्य संयुक्त रुपमा गरिरहेका जानकारी दिइन् ।


उनले भनिन्, ‘जुन जिल्लाहरुमा मानव बेचबिखनको धेरै जोखिम हुन्छ । त्यस्तो जिल्लाहरुमा गएर जनचेतनाका कार्यक्रमहरु पनि गर्दै आएका छौं । अनुगमन र मूल्यांकन पनि गर्ने गरेका छौं । प्रत्येक तीन तीन महिनामा अनुगमनको कार्य गरिरहेका छांै । मनोरञ्जन क्षेत्रहरुमा गएर प्रत्यक्ष रुपमा अनुगमन गर्ने समस्याहरु के के छन् भनेर बुझ्न र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर छलफल पनि गर्ने गरेका छौ ।’


उनले शुभ अवसर ग्राम नेपाल महिला तथा बालबालिको अधिकार संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको जानकारी दिइन ।यस्तै, कार्यक्रममा सहभागी विकास ढुङ्गानाले मनोरञ्जनको आडमा शारीरिक, मानसिक र यौन शोषण पनि हुने गरेको भन्दै यसबारेमा बृहत छलफल आवश्यक रहेको बताए ।

Related News

यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
  • २०८१ बैशाख १४, शुक्रबार १७:३४ गते

मुगु । मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जुम्लाको पातारासी...

कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा
कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा
  • २०८१ बैशाख १४, शुक्रबार १७:३४ गते

काठमाडौं । दक्षिण कोरियाका बेसबल खेलाडी कुलतका कारण कानूनी अनुसन्धानको उल्झनमा परेका छन् । त्यहाँका १३ पूर्व र केही वर्तमान...

झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल
  • २०८१ बैशाख १४, शुक्रबार १७:३४ गते

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०÷०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल...

TOP