२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी

विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी

काठमाडौं । विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले निकालेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार सन् २०२३ मा संसारभर यति मानिसले भोकमरीको सामना गर्नु परेको जनाइएको हो ।
‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार २०२२ मा २.४ करोडभन्दा बढी मानिसहरूले खाद्यान्नको तीव्र अभावको सामना गर्नुपरेको पनि जनाइएको छ । जसका कारण गाजा पट्टी र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै गएको छ ।


राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले अन्तर्राष्ट्रिय विज्ञहरूले भोकमरीको मापन तय गरेकोमा पाँच देशका ७ लाख ५ हजार मानिस पाँचौं चरणमा रहेको र यो उच्चतम स्तर मानिएको बताएका छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले सन् २०१६ मा विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरेयता भोकमरीबाट पीडित व्यक्तिको यो सबैभन्दा बढी संख्या भएको बताए ।


संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार दक्षिण सुडान, बुर्किना फासो, सोमालिया र मालीमा हजारौं मानिस भोकमरीबाट पीडित छन् । प्रतिवेदनमा भविष्यको परिदृश्यले गाजामा ११ लाख र दक्षिण सुडानमा ७९ हजार मानिस जुलाईसम्म पाँचौं चरणमा पुग्न सक्ने अनुमान गरेको छ ।

यस सँगै भोकमरीको सामना गर्न बाध्य हुने चरण पनि सुरु हुन सक्छ । साथै सन् २०१६ मा रेकर्ड गरिएको संख्याको तुलनामा यो चार गुणा बढेको छ । अर्थशास्त्रीले गम्भीर भोकमरीको सामना गरिरहेका ८० प्रतिशत अर्थात् ५ लाख ७७ हजार गाजामा मात्रै रहेको बताए ।

Related News

नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण ः प्रधानमन्त्री दाहाल
  • २०८१ बैशाख १४, शुक्रबार १७:२१ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शान्ती स्थपना, लोकतन्त्र सुदृढिकरण र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण...

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोे सुरु भएको छ ।
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोे सुरु भएको छ ।
  • २०८१ बैशाख १४, शुक्रबार १७:२१ गते

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको व्यवस्थापनमा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ सुरु भएको हो ।‘स्पेस एण्ड डिजाइन’ एक्स्पोको उद्घाटन...

विद्यार्थी महोत्सवमा एक लाख युवा दर्शक
विद्यार्थी महोत्सवमा एक लाख युवा दर्शक
  • २०८१ बैशाख १४, शुक्रबार १७:२१ गते

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष समिक बडालले ‘विद्यार्थी महोत्सव’ ले ‘कल्चरल मूभमेन्ट’ को शुरुवात गरेको बताएका छन् । महोत्सवमा एक लाख...

TOP