२०८१ जेष्ठ ८
May 21, 2024, Tuesday

साँसद आचार्यको पहलमा गोठगाँउमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको कामले मुर्त रुप पाउँने।

साँसद आचार्यको पहलमा गोठगाँउमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको कामले मुर्त रुप पाउँने।

विराटनगर । प्रधानमन्त्रि प्,चण्डको शुक्रबारको प्रतिबद्धतासँगै गोठगाँउमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि वर्ष सुरु हुने भएको छ ।  पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज संचालन गर्न ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि आर्थिक वर्षमा सुरु गर्ने घोषणा छन । मोरङ जिल्ला निर्वाचन क्षेत्र ६ प्रदेशसभा १ का सांसद रहेका पूर्वमन्त्री जीवन आर्चायले विराटनगर क्षेत्रको मुहार फेर्न जनताका जनजिविकाका कामसँगै  त्यस क्षेत्रमा महत्वाकांक्षी योजना अगाडि बढाउने बताउँदै आएका थिए।  पूर्वमन्त्री आर्चायले निर्वाचनको दौरान त्यस क्षेत्रका जनतालाई भरोसा दिलाएका थिए र चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भए सो बाचा पुरा गरिदिने बताएका थिए। प्रचण्ड प्रधानमन्त्री बनेको केहि दिनमै पुर्वान्चल विश्वविद्यालयलाई मेडिकल कलेजको अनुमति दिलाउन मेहनत गरेका  आचार्यले लामो समय सम्मको संघर्षले  सार्थकता पाएकोमा खुशि ब्यक्त गरेका छन ।  

“मेडिकल कलेजका लागि आफ्नै ३०० शैय्याको अस्पताल अनिवार्य छ त्यसैले हामीले निरन्तर प्रधानमन्त्री ज्यूलाई भनिरहेका थियौं।”  आचार्यले सामाजीक  सञ्जाल मार्फत भएका प्रयासबारे  टिप्पणी गरे । सांसद आचार्यको पहलमा सो क्षेत्रमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको अभियान नै चलेको थियो। सो अभियानलाई लिएर सांसद आचार्य अभियन्ताको भुमिकामा लामो समय देखि केन्द्रसँग लबिइङ गर्दै निरनतर  प्रयासरत थिए ।अन्ततः आज दिक्षान्त समारोहमा बोल्दै  प्रधानमन्त्रिबाट आएको घोषणा सँगै काम सुरु हुने भएको हो । प्रधानमन्त्री प्रचण्डले घोषणा गरेका ती योजनाले सुन्दरहरैँचा नगरपालिका र समग्र विराटनगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास सांसद आर्चायले व्यक्त गरेका छन् ।

Related News

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
  • २०८१ बैशाख १५, शनिबार ०८:२१ गते

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८...

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर
  • २०८१ बैशाख १५, शनिबार ०८:२१ गते

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षति भइरहेको छ । आइतबार मात्रै...

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
  • २०८१ बैशाख १५, शनिबार ०८:२१ गते

बुधबारे । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । देउमाई नगरपालिका घर भएका भ्यान चालक...

TOP