२०८१ जेष्ठ १
May 14, 2024, Tuesday

‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’

‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’

काठमाडौं । सरकारले फास्ट ट्र्याकबाट कानुन बनाएर सहकरी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त छैनन् ।गत बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट भएको सहकारी पीडितका समस्या समाधान गर्ने निर्णयमा आशंका रहेको सहकारी पीडितहरु बताउँछन् ।


सहकारी बचतकर्ताको बचत हिनामिना गरि फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई पक्राउ नपरुञ्जेलसम्म समस्याको समाधान नहुने उनीहरुको बुझाई छ ।
आइतबार काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका झण्डै डेढसय पीडितहरुले राईविरुद्ध निवेदन दिदै गृहमन्त्री रवि लामिछानेबाट निष्पक्ष छानवीन हुनेमा आशंका रहेको बताएका छन् ।
आइतबार स्वर्णलक्ष्मी पीडित संघर्ष समितिका अध्यक्ष नन्दु तन्डुकारले भने, ‘गृहमन्त्री रवि लामिछानेले इलाममा भएको निर्वाचनमा आफ्नो पल्लाभारी बनाउनका लागि सहकारीका समस्या समाधान गर्दर्छौं भन्नुभएको छ । हामीलाई चाँही आशंका छ । हामीलाई पूर्णविश्वास छैन । सहकारीमा समस्या आएको यति धेरै समय भइसक्दा पनि सरकारले कानमा तेल हालेर बसेको छ ।’


सरकारले सहकारीका समस्या समाधान गर्ने भन्दै नाटकीय रुपमा प्रस्तुत भएको तन्डुकारको बुझाई छ ।सहकारीको रकम हिनामिना गरेको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) विरुद्ध ‘रेड नोटिस’ जारी भएपनि पक्राउ परेका छैनन् ।


‘डिफ्युजन नोटिस’ले मात्रै उनलाई विदेशबाट पक्राउ गरेर नेपाल झिकाउन समस्या देखिएपछि नेपाल प्रहरीले ’डिफ्युजन नोटिस’लाई –रेड नोटिस’मा बदल्न पत्राचार गरेको थियो ।
प्रहरी अधिकारीका अनुसार रेड नोटिस जारी हुँदा समेत उनलाई मेलेसिया प्रहरीले चासो नदेखाउँदा उनी पक्राउ पर्नबाट जोगिएका हुन् । राईले मलेसियाका प्रहरीलाई समेत प्रभावमा पारेको आंशका गरिएको छ ।


कास्कीबाट काठमाडौँ आएका सहकारीका सात जना पीडित बचतकर्ताले बिहीबार समितिका सभापति रामहरि खतिवडासमक्ष सहकारीका सञ्चालक जीबी राईसहित १४ जना प्रतिवादीलाई तुरुन्तै पक्राउ गर्न र बचत फिर्ताको वातावरण बनाईदिन माग गर्दै उजुरी हालेका हुन् ।
राईसहितलाई पक्राउ गर्न सडकदेखि सदनसम्म, डिफ्युजनदेखि रेड नोटिससम्म जारी भइसकेको छ । तर, हालसम्म पनि सहकारी हिनामिनामा संलग्न १४ जना पक्राउ पर्न सकेका छैनन् ।

Related News

इजरायलमा मारिएका ६ जनाको शव घर पु¥याउन लाग्ने खर्च सरकारले व्यहोर्ने
इजरायलमा मारिएका ६ जनाको शव घर पु¥याउन लाग्ने खर्च सरकारले व्यहोर्ने
  • २०८१ बैशाख १६, आईतवार १६:२८ गते

काठमाडौं । सरकारले प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परी मृत्यु भएका ६ जना नेपाली विद्यार्थीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म...

कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
  • २०८१ बैशाख १६, आईतवार १६:२८ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ ।बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक...

अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
  • २०८१ बैशाख १६, आईतवार १६:२८ गते

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार सम्बन्धि तीन बुँदे माग राख्दै शुक्रबार पनि रिले अनशन जारी राखेका छन् ।...

TOP